८ वैशाख २०८१ शनिबार
समाज

ठगेर तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी

लहान– सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर स्थित महतो फ्युल सेन्टरमा बुधबार सिलबन्दी गरिएको छ। पम्पमा बिगारेर घटी तेल विक्री गरेको पाइएपछि प्रशासनले पम्पमा सिलबन्दी गरेको हो।

जिल्ला प्रशासन कार्यालय सिरहा, नामतौल तथा गुणस्तर कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुतm अनुगमन टोलीले बुधबार जिल्लाको विभिन्न पेट्रोल पम्पहरुमा अनुगमन गरेको जनाएको छ। सोही क्रममा उतm फ्युल सेन्टरमा पम्पको एडजस्टर सिल तोडमोड गरी घटी तौल बनाएको थियो। प्रति ५ लिटर डिजेलमा १ सय ४० मिलि लिटर घटी र प्रति ५ लिटर पेट्रोलमा १ यस मिलिलिटर घटी बिक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी कमल आचार्यले जानकारी दिए।

नाप तौल तथा गुणस्तर कार्यालय, विराटनगरको जिम्मामा रहने गरी यस फ्युल सेन्टरको डिस्पले युनिट जफत गरिएको आचार्यले बताए।

प्रकाशित: ६ कार्तिक २०७६ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App