२ आश्विन २०७७ शुक्रबार
समाज

कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

लहान – कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर ३२ वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई पक्राउ गरेको हो ।

जाँच गरेपछि कस्तुरीको बीना बरामद भएकाले दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहाका प्रमुख प्रवीण कँडेलले जानकारी दिए । बरामद बीनासहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको उन्ले बताए । रासस

प्रकाशित: ६ कार्तिक २०७६ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App