१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीनकुनेको दुबो जोगाउन सिसी टिभी क्यामेरा र कर्मचारी राखिने

डुक्पा छिरिङ मोक्तान
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि उपत्यकाका विभिन्न चोकमा रातारात फूल तथा बोटबिरुवा रोपिए। तर, सी जिनपिङ फर्केलगत्तै पार्कमा रोपिएका केही दुबो र बिरुवा गायब भए।

सुरक्षाको अभावमा पार्कको दुबो र बिरुवा गायब हुन थालेपछि सरकारले पार्कको निगरानीका लागि सिसी टिभी क्यामेरा र कर्मचारी राख्ने भएको छ। पार्कमा अब सशस्त्र प्रहरी परिचालनसँगै सिसी टिभी क्यामेरा पनि जडान गर्न लागिएको काठमाडौं महानगरले जनाएको छ।

काठमाडौं महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले राष्ट्रपति सी चिनफिङको स्वागतका लागि रोपिएका फूल र बिरुवाको संरक्षणका लागि पार्कमा सुरक्षाकर्मी परिचालन र सिसी टिभी क्यामेरा राख्ने लागिएको बताए। ‘फोटो खिँच्न आउनेले बोटबिरुवा नउखेलुन र फूल चुँडेर नफालुन भनेर सुरक्षाका लागि यस्तो गरेका हौं,’ उनले भने। उखेल्ने र फूल चुँडेर फाल्न सक्ने भएकाले पार्कमा सुरक्षाकर्मी परिचालन र सिसी क्यामेरा राख्न लागिएको बताए।

विदेशी पाहुना आउँदा सहर चिटिक्क पार्ने चलन छ। गत भदौमा भएको बिमस्टेक सम्मेलनमा होस् वा सार्क सम्मेलन, झार–जंगल उम्रिएको, निर्माण सामग्री राखिएको तीनकुने यसैगरी छोपिएको थियो। सरोकारवाला निकायले चासो नदिँदा रोपिएको बिरुवा र फूल चोरी हुन थालेको स्थानीयको गुनासो छ।

महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले तीनकुने बगैँचाको रेखदेख तथा सुरक्षाको लागि ३ सरकारी बैंकलाई जिम्मा दिने तयारी गरेको बताए। उनका अनुसार कृषि विकास, राष्ट्रिय वाणिज्य र नेपाल बैंक लिमिटेडले बगैँचा सुरक्षा र गोडमेलको जिम्मा दिने तयारी छ।।

यसअघि तीनकुने पार्क क्षेत्रमा चउरमा आधा दर्जनभन्दा बढी ड्राइभिङ इन्स्टिच्युटले गाडी सिकाउँदै आएका थिए। तर, अहिले यस क्षेत्रमा गाडी प्रवेशमा रोक लगाइएको छ। चौरको वरिपरि सिमेन्टका पोल गाडेर बार लगाउने पनि तयारी भइरहेको महानगरले जनाएको छ।

महानगरकापालिको दुबो र बिरुवा जोगाउन बिहान र बेलुका गरी दिनहुँ ६ ट्यांकर पानी हालिरहेको छ। पछिल्लो समय तीनकुने पार्क क्षेत्रमा फोटो खिँच्न आउनेको समेत भीड लाग्ने गरेको छ।

प्रकाशित: ६ कार्तिक २०७६ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App