७ वैशाख २०८१ शुक्रबार
समाज

रसियामा नेपाली विद्यार्थीको मृत्यु

इटहरी– रसियामा सोमबार एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। इटहरी वडा नं. ५ तलुसा टोलका २४ वर्षीय विवेक दाहालको मृत्यु भएको हो।

उनको निधन के कारणले भयो भन्ने खुल्न सकेको छैन्। सुतेकै स्थानमा उनी मृत फेला परेको परिवारजनले बताएका छन्। ‘केही दिनअघि घरमा फोन सम्पर्क गर्दा रुघा–मर्की लागेको बताएका थिए, तर एकैचोटी सँगै वस्ने साथीले सुतेकै स्थानमा मृत भेटिएको घरमा फोन गरेर जानकारी दिए’, मृतक विवेकका बाबु बासुले भने। आइतबार राति खाना खाएर सुतेकोमा सोमबार मृत अवस्थामा भेटिएका हुन्। 

विवेक होटेल म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गर्न झन्डै एक वर्षअघि मात्र रसियाको मस्को गएका थिए। मृतक विवेकको पोस्र्टमार्टम रिपोर्ट आउन बाँकी  छ। शवलाई नेपाल ल्याउन प्रक्रिया सुरु भएको परिवारजनले बताएका छन्। 

प्रकाशित: ५ कार्तिक २०७६ १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App