coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पटकासहित दुई पक्राउ

लहान- प्रहरीले करीब ५० हजार रुपैयाँ बराबरको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो।

यस्तै प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट आज बिहान तीन बोरा अवैध सुर्ती बरामद गरेको छ। भारतबाट नम्बर प्लेट नभएको रातो रङ्गको ग्ल्यामर मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले अवैध सुर्ती बरामद गरेको हो।

प्रहरी टोलीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ। रासस

प्रकाशित: ५ कार्तिक २०७६ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App