coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१४ सय तोला चाँदी र ६ लाख नगदसहित एक भारतीय पक्राउ

मकवानपुर- अबैध रुपमा बोकी हिडेको ६ लाख २० हजार पाँच सय रुपैयाँ मुल्य बराबरको चाँदीसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। भन्सार छलेर ल्याएको एक हजार चार सय १५ तोला चाँदीको गरगहनासहित मकवानपुर प्रहरीले एक जनालाई सार्वजनिक समेत गरेको हो।

मोटरसाइकलमा लुकाई राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी जिल्लाको आदपुर–हरपुर ५ घर भई हेटौंडा उपमहानगरपालिका ५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई पक्राउ गरेको हो।

ना १४ प २८३६ नम्बरको मोटरसाइकलमा फल्स बटम बनाई सिटमुनी, ट्याङ्की र एयर फिल्टरमा लुकाइराखेको चाँदीको गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

उनका अनुसार सुनारले पाउजु सात सय १६ तोला, सिक्का ८४ तोला, बाला, ताबिज र कडीगरी ६५ तोला, चम्चा ६५ तोला, थाली, आशन र बाँसुरीगरी एक सय १८ तोला, ताबी रिङ्ग एक सय २२ तोला, सिन्दुर दानी ५४ तोला र मुर्ती एक सय ९१ तोला रहेका छन्।

वडा प्रहरी कार्यालय सानोपोखराका प्रमुख एवं प्रहरी सहायक निरीक्षक जयबहादुर प्रधान नेतृत्वको टोलीले विशेष सुचनाको आधारमा हेटौंडा २, देवीपथमा जाँचका क्रममा चाँदीसहित उनलाई आईतबार साँझ पक्राउ गरेको हो। चाँदीको गरगहनासहित उनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सा पठाईएको प्रहरीले जनाएको छ।

त्यस्तै, पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिका १ बाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। घरमा लुकाई राखेको लागूऔषध गाँजा एक सय २२ किलो एक सय ग्रामसहित राक्सिराङ १ का ३३ वर्षीय प्रकाश मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

उनलाई ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवापुरको संयुक्त टोलीले गाँजासहित पक्राउ गरेको थियो। विशेष सुचनाको आधारमा प्रहरीले घरमा जाँच गर्दा छ वटा सेतो रंगको बोरामा लुकाई राखेको गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०७६ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App