३१ असार २०७७ बुधबार
समाज

खैरो हिरोइनसहित दुई पक्राउ

विराटनगर- विराटनगर महानगरपालिका–१५ भन्सारको १ नं ढाँटबाट खैरो हिरोइनसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध ब्युरो विराटनगरबाट खटिएको टोलीले मोरङको बेलबारी नगरपालिका–६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई कट्टुमा लुकाई ल्याएको अवस्थामा पाँच ग्राम २५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार खिउँले जानकारी दिए।

यसैगरी प्रहरीले मोरङको सुन्दरहरैचा–७ अटल क्रेसर अगाडिबाट सोही स्थान बस्ने २८ वर्षीय सरोज गिरीलाई जाँच गर्दा अन्दाजी दुई ग्राम खैरो हिरोइनसहित आइतबार साँझ पक्राउ गरको थियो। रासस

प्रकाशित: ४ कार्तिक २०७६ १८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App