coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

सिमकोट- हुम्लाको चङ्खेली गाउँपालिकामा दुई दिनदेखि टेलिफोन अवरुद्ध भएको छ। टेलिफोन अवरुद्ध हुँदा दुई हजार बढी परिवार सञ्चार सेवाबाट वञ्चित भएका बताइएको छ।

वडा नं ६ स्थित मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि सञ्चार सेवा ठप्प भएको हो। यहाँका आठ गाउँका दुई हजार परिवार प्रभावित भएका वडा नं ३ की बासिन्दा सपना ऐडीले बताइन्। नेपाल टेलिकम हुम्लाले यस विषयमा कुनै चासो नदिएको स्थानीयको आरोप छ। नेपाल टेलिकमले तिहारपछि मात्रै मर्मत सम्भार गरिने जनाएको छ।

यसैगरी दक्षिणी भेगमा रहेको चंखेली गाउँपालिकामा रहेको भिस्याट एक महीनादेखि बन्द रहेको छ। वडा नं ५ नेक्पा गाउँमा रहेको एक मात्र भिस्याट फोन सेवा एक महीनादेखि अवरुद्ध हुँदा यहाँका बासिन्दाले समस्या भोग्नुपरेको छ। हिमाली गाउँ नेक्पामा फोन सुविधाका नाममा नमस्ते फोन तीन दिनदेखि अवरुद्ध रहेको छ भने एक महीनादेखि भिस्याट सेवा बन्द छ।

यहाँका बासिन्दाले फोनकै लागि छ घण्टा हिँडेर छिमेकी गाउँमा जानुपरेको स्थानीय हर्कदन तामाङले बताए। सिडिएमए, स्काई, नमस्तेलगायतका फोन सेवाले विकट गाउँमा काम नगरेको उनले बताए। भिस्याट पुनःसञ्चालनका लागि दूरसञ्चारको शाखा कार्यालय सिमकोटमा जानकारी दिँदा प्राविधिक कारणले कर्मचारी मर्मत गर्न पठाउन नसकिएको बताएको स्थानिय ध्रुव्र शाहीले जानकारी दिए।

भिस्याट फोनले काम नगरेपछि सार्वजनिक ठाउँका सूचना आदानप्रदानमा समेत समस्या भएको उनले बताए। भिस्याट फोन सेवा एक महीनादेखि सञ्चालनमा नआउदा नेक्पा गाउँका ६० घरधूरी प्रत्यक्ष प्रभावित भएका छन्। रासस

प्रकाशित: ३ कार्तिक २०७६ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App