१६ चैत्र २०८० शुक्रबार
समाज

बैकिङ कसुर मुद्दाका फरार पक्राउ

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नंखेलका ४७ वर्षीय प्रकाशराज खत्रीलाई पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गते भएको फैसलाबमोजिम तीन वर्ष कैद र आठ करोड ५० लाख रुपैयाँ जरिवाना फैसला भए पनि हालसम्म फरार रहँदै आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भक्तपुर जिल्ला अदालतमा पेस गरिएका उनले जरिवानाबापतको रकम नबुझाएकाले १० वर्ष कैद सजायसहित १३ वर्ष कैद भुक्तान गर्न कारागार कार्यालय नक्खु ललितपुर पठाइएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

प्रकाशित: २ कार्तिक २०७६ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App