१६ चैत्र २०८० शुक्रबार
समाज

हत्या आरोपित पक्राउ

सप्तरी– सुरुङ्गा नगरपालिका–३ विषहरियाका १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका दुई जनालाई बिहीबार पक्राउ गरेको छ।

हत्यापछि फरार रहेका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई दुई वर्ष चार महीनापछि पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए।

मृतककी आमा हन्सीदेवी मण्डल खत्वेको उजुरीका आधारमा उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो। अन्य आरोपित सोही ठाउँका ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदीप सदा र २२ वर्षीय अजित सदा फरार छन्।

आरोपितमाथि सुनियोजित तरिकाले २०७४ असार ७ गते रक्सीमा विषादी मिसाएर खुवाई फुल्चनको हत्या गरेको आरोप छ। रासस

प्रकाशित: १ कार्तिक २०७६ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App