८ वैशाख २०८१ शनिबार
समाज

युनेस्कोको प्रतिनिधिमण्डल भक्तपुरमा

भक्तपुर– युनेस्कोको एक प्रतिनिधिमण्डलले विहीबार भक्तपुरको अवलोकन भ्रमण गरेको छ। युनेस्कोबाट आएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना श्रेष्ठ सिंहलगायत पुरातत्व विभागबाट आएका कर्मचारीहरु भक्तपुर घुमेका हुन्। प्रतिनिधिमण्डलले भक्तपुर दरवार स्वायरलगायतको अवलोकन भ्रमण गरेको थियो।

यसअघि उनीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका भबनमा स्वागत गरेका थिए। सो अवसरमा उनले भक्तपुरलाई साँंस्कृतिक गरको रुपमा अगाडि वढाउने योजना अनुसार काम गरिरहेको जानकारी गराए। यसकारण मौलिक शैलीमा घर निर्माण गर्नेहरुलाई मोहडामा लाग्ने इँटा, काठ र झिंगटीको खर्च मध्ये ३५ प्रतिशत अनुदान दिंदै आएको उनले जनाए। उनले विश्व सम्पदा सूचीमा रहेका दरवार क्षेत्र र टौमढी क्षेत्रमा गाडी निषेध गरिएको तथा मूल सडकमा ढुंगा छाप्ने काम भैरहेको पनि बताए। 

नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै उनले भूकम्पपछि क्षतिग्रष्त सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्वार गरिरहेको र हालसम्म ९० वटा सम्पदाहरु पुनःनिर्माण सम्पन्न भैसकेको, १५ वटा भन्दा बढी निर्माणाधीन अवस्थामा रहेको तथा हाल सिंहध्वाका दरवार पुनःनिर्माणको चरणमा रहेको बताए। सिंहध्वाका दरवार पुनःनिर्माणको लागि भएको कार्यशाला गोष्ठीबाट भक्तपुर नगरपालिका र पुरातत्व विभागले संयुक्त रुपमा गर्ने निर्णय गरेको स्मरण उनले गरे। उनले भक्तपुरको प्रसिद्ध मन्दिर भैरबनाथको मन्दिर भर्खरै जीर्णोद्वार सम्पन्न गरिसकेको र हाल प्रसिद्ध ५ तल्ले मन्दिर लगायत कयौं सम्पदाहरु जीर्णोद्वारकै क्रममा रहेको जानकारी गराए। 

युनेस्कोका डा गमीनीले भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा संरक्षणको प्रशंसा गर्दै सम्पदा पुनःनिर्माणका चरणमा मूर्त र अमूर्त संस्कृति संरक्षणमा भक्तपुर नपाले गरिरहेको प्रयास र उपभोक्ता समिति मार्पmत सम्पदा पुनःनिर्माणको प्रभावकारिता बारेमा जानकारी लिए। भक्तपुर नगरपालिकाको भावी योजना, कार्यक्रम र सम्पदा संरक्षणको प्रगतिकोबारेमा पनि उनले जानकारी लिए। 

प्रनिनिधिमण्डलका क्याथरिन फोर्बस्ले सम्पदा पुनःनिर्माणले जनभावनाको कदर गरे वा नगरेको तथा पुरानै शैलीमा सम्पदा पुनःनिर्माणका चुनौतीका बारेमा जानकारी लिएका थिए। भनपाका उपप्रमुख रजनी जोशीले निर्माणाधीन सिंहध्वाका (न्ह्यकं झ्या दरबार) बारेको विस्तृत प्रस्तुतिकरण गर्दै प्रतिनिधिमण्डलले राखेका जिज्ञासाहरुबारे स्पष्ट पारेकी थिइन्।

प्रकाशित: ३० आश्विन २०७६ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App