८ वैशाख २०८१ शनिबार
समाज

पर्यटकीय क्षेत्रमा सरसफाई अभियान सुरु

पर्यटकीय स्थल सलहेश फूलवारी क्षेत्र सरसफाईपछि सरसफाई अभियन्ताहरु । तस्विरः मिथिलेश/नागरिक

लहान- सिरहामा पर्यटन वर्ष २०२० लाई स्वागत्त गर्न सरसफाई कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिएको छ। महिला एवं बालबालिका सरसफाई अभियन्ताहरुले प्रदेश २ अन्तर्गत सिरहाको सलहेश फूलवारी पर्यटकीय क्षेत्रमा बुद्यबारबाट नियमित सरसफाई सुरु गरेको छ।

पर्यटन वर्षको अवसरमा पर्यटकलाई आकर्षित गर्न सरसफाई महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरेको सरसफाई अभियन्ता सुरुती सिंहले बताइन्। सरसफाईबिना अकर्षक वस्तुपनि कुरुप देखिन्छ। ऐतिहासिक पर्यटकीय स्थलमा सरसफाईको दुरावस्था देखेर सगरमाथा आरोही छोकी शेर्पा छक्क परिन। प्रदेश २ कै प्रसिद्ध एवं एतिहासिक स्थलमा सरसफाईको बेहाल अवस्थाले सबैलाई गिज्याएको उनले बताईन। म हिमालको मान्छे तराईमा सरसफाईको अभियानमा सहभागी हुन पाउँदा सन्तोष महसुस भईरहेको छ, उनले भनिन्। 

सरसफाई अभियान अन्तर्गत बुद्धबार मिर्चैयाको कटारी चोकस्थित सगरमाथा प्रवेशद्वारमा पनि सरसफाई गरिएको मिर्चैयाका व्यवसायी अशोक कुमार साहले बताए।

जिल्लाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरु समाजका अमुल्य सम्पति भएकाले यसको संरक्षण संवद्र्धन र सरसफाइ नियमित गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताए।

सलहेश फूलवारीले प्रचुर धार्मिक ऐतिहासिक तथा पर्यटनको सम्भावना बोकेकाले सधै स्वच्छ र सफा राख्न सन्देश प्रवाहगर्न यस क्षेत्रमा सरसफाइ कार्यक्रम राखिएको अभियन्ता सिंहको भनाई थियो।

सरसफाईमा आरम्भ साईन्स एन्ड कल्चर कल्वका युवायुवतीहरु, गण्डकी विकास बैंकका कर्मचारीहरु, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, सरसफाई अभियन्ताहरु सहभागी थिए।

प्रकाशित: ३० आश्विन २०७६ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App