१६ चैत्र २०८० शुक्रबार
समाज

एनआरएनको विश्व सम्मेलन सुरु

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ। सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। 'म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो। सम्मेलनसंगै नयाँ नेतृत्व छान्न भोलीबाट निर्वाचन प्रक्रिया पनि सुरु हुनेछ।

एनआरएनको न्वारन लण्डनमा सन् २००३ मा भएको थियो। अहिले यसको सञ्जाल विश्वका ८१ देशमा छ।

काठमाडौंको ह्यात होटलमा सुरु भएको सम्मेलनमा करिब २८ सय प्रतिनिधि सहभागी छन्। सम्मेलनमा संसारभर आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यलाई साकार पार्न विभिन्न दर्जन भन्दा बढी सत्रहरुमा दफाबार छलफल बहस गर्ने कार्यक्रम रहेको छ।

नयाँ नेतृत्वको लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिएका छन्।

 

प्रकाशित: २८ आश्विन २०७६ ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App