४ वैशाख २०८१ मंगलबार
समाज

समस्यामा प्राविधिक विद्यालयहरु

प्युठान- समयलाई आधार मान्ने हो भने आधा घण्टा पनि लाग्दैन क्षेत्र विकास माविबाट बालविद्या मावि मरन्ठाना पुग्न। तर दुबै विद्यालयमा अहिले प्राविधिक धार तर्फको एउटै विषयको अध्यापन हुन्छ। कृषि बाली विज्ञान विषयको अध्ययन हुने यी दुबै विद्यालय प्यूठान नगरपालीकाभित्रकै विद्यालय हुन्।

प्यूठान नगरपालीका–७ पुण्यखोलामा रहेको क्षेत्र विकास र प्यूठान नगरपालीका–९ मरन्ठाना मजुवारमा रहेको बाल बिद्या मावीमा गएको वर्षबाट कृषि बाली विज्ञान विषयको अध्यापन हुन थालेको हो। 

एसईइ उर्तिण गरेपछि अध्ययन हुने कृषि बाली विज्ञान विषयमा अध्ययन गर्न आउने विद्यार्थी सख्या अहिले भने निकै कम भएको छ। सिटिइभिटिबाट सम्वन्धन प्राप्त विद्यालयमा अहिले विद्यार्थी छैनन्। गत वर्ष ४० वटा कोटा रहेको विद्यालयमा आधा बढिले भर्नाका लागी आवेदन दिएका थिए। तर अहिले भने ४० जनाकै लागी खोलिएको आवेदनमा भने आधाले पनि भर्नाका लागी आवेदन दिएका छैनन्। बिद्यार्थी समस्या भएकै कारण विद्यालयमा प्रविधिक विषयको अध्यापन गराउने या बन्द गर्नै विषयमा आफुहरु अनविज्ञ रहेको बालविद्या माविका प्रअ केशु गिरिले बताए। ‘बिद्यार्थी छैनन, चार पाच जना बिद्यार्थीलाइ मात्रै पढाएर के गर्नु।’उनले भने,‘बिद्यालयमा प्राविधिक क्षेत्रमा अध्यापन गराउने शिक्षकहरुलाइ समेत तलव खुवाउनै पुग्दैन्।’

यस्तै प्यूठान नगरपालीका ७ पुण्यखोलामा रहेको क्षेत्रबिकासमा पनि आबश्यक कोटा भन्दा आधा कमले मात्रै भर्नाका लागी आबेदन दिएका छन्। ४० जना बिद्यार्थी भर्ना गर्न पाउने प्रावधान भएपनि २० जना विद्यार्थीले मात्रै भर्नाका लागी आबेदन दिएका छन्। एउटै क्षेत्रमा एकै विषयको पढाइ हुने भएकै कारण विद्यार्थी समस्या भएको क्षेत्र विकास मावीका शिक्षक बिसाल पोख्रेलले बताए। ‘जिल्लामा कृर्षिबाली बिज्ञान विषयको अध्यापन हुने विद्यालय धेरै छन्।’उनले भने,‘अलि हुनेखाने र राम्रा बिद्यार्थी जिल्ला बाहिर जान्छन्, हामल्ेत खोजेरै ल्याउनु पर्छ।’

जिल्लामा कृषि बाली विज्ञान विषयको पढाइ हुने विद्यालयको सख्या वर्षेनी बढ्दै छ। यो वर्षपनि कक्षा ९ बाटै कृषि विषयको अध्यापन गर्न पाउने गरि जिल्लाका तिन विद्यालयले अनुमती पाएका छन्। उमा महेश्वरी मावी सारी, सरस्वती मावी वाङ्गेशाल लगाएत विद्यालयले नयाँ अनुमती पाएका छन्। योसँगै भानुभक्त मावीलगायतका विद्यालयमा पहिलेदेखि कृषि बाली विज्ञान विषयको पढाइ हुने गर्छ। नयाँ र पुराना विद्यालयलाइ हेर्दा आधा दर्जन विद्यालयमा कृषि विषयको अध्यापन हुने गरेको छ। सानो जिल्लामा एउटै विषयको पढाइ हुदापनि विद्यार्थी समस्या भएको सरोकारवाला निकायको भनाइ छ। विद्यार्थीको चाहना र आवश्यकता अनुसारको विषय अध्ययन गराउन सके विद्यार्थीलाइ जिल्लामै रोक्न सकिने उनीहरुले सुनाए।

प्रकाशित: २७ आश्विन २०७६ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App