३० श्रावण २०७७ शुक्रबार
समाज

गाडीको ठक्करबाट एकको मृत्यु

भरतपुर- चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।

ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको पहिचान खुलेको छैन। रासस

प्रकाशित: २७ आश्विन २०७६ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App