२६ श्रावण २०७७ सोमबार
समाज

आगलागीबाट ४० लाखको क्षति

कावासोती - नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

कावासोती–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु ४० लाख मूल्य बराबरको फर्निचर, प्लाइउड, फर्निचर उद्योगका मेशिनरी सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरकाप्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताएका छन्।

गए राति ११ बजेको समयमा आगलागी हुँदा फर्निचरमा रहेका सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। आगो विद्युत् सर्ट भएर लागेको हुनसक्ने प्रहरी नायब उपरीक्षक रानाभाटले बताए। आगो कावासोती नगरपालिकाको दमकल, भरतपुर महानगरपालिकाको दमकल र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो।रासस

प्रकाशित: २३ आश्विन २०७६ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App