coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नवदुर्गा भवानीकाे मूर्ति बिर्सजन

भैरहवा - विगत नौ दिनदेखि पूजाआजा गरिँदैं आएका मूर्ति आज बिसर्जन गरिएको छ। घटस्थापनदेखि नौ दिन नवरात्रसम्मका लागि प्रतिस्थापन गरिएका अस्थायी नवदुर्गा भवानीको मूर्ति पूजाआराधना गरि जलासयमा आज बिसर्जन गरिएको हो। 

भैरहवासहित मधेशी समुदायले विगत नौ दिनदेखि बिजया दशमीका दुर्गा भवानी पूजा गर्दै आएका थिए। घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति नवमीको दिन हवन यज्ञमा पूर्णाहुति दिई दशमीको दिन बिसर्जन गर्ने गरिन्छ। मूर्तिलाई बजार क्षेत्रको परिक्रमा गराई आज नजिकै पायक पर्ने जलाश्यमा विसर्जन गरी विजया दशमी सकिएको छ।

भैरहवा क्षेत्रमा स्थापना भएका मूर्ति नजिकै रहेको डण्डा, रोहिणी, तिनाउ र घाघरा नदीको विभिन्न घाटमा विसर्जन गरिएको छ। दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवजी लगायत कैयौं देवी देवताहरूको मूर्तिको झाँकी निकालेर बाजागाजाका साथ नाचगान गर्दै बिर्सजन भएकोे छ।

नौदुर्गा भवानीको नवरात्र भरी पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ रहेकोले तराई क्षेत्रमा दशै अर्थात दशहरामा बिशेष गरि ९ दिनसम्म ब्रत बसी दुर्गा आराधना गरि मनाउने गरिन्छ।

९ दिन सम्म दुर्गा भवानीको बिभिन्न ९ रुपको पूजा गर्ने, कथा वाचन तथा श्रवण गर्ने लगायतका कार्यक्रम गरि नवमीमा हवन गरे पछि व्रत तोड्ने गरिन्छ। दशौ दिन मूर्ति बिर्सजनको अवसरमा विभिनन ठाँउमा मेला समेत लागेको छ।

दुर्गा मूर्ति बिसर्जनको समय हुन सक्ने हुलदंगालाई नियन्त्रण गर्न रुपन्देही प्रहरीले मूर्ति बिसर्जनमा सुरक्षा ब्यवस्था कडा पारेको थियो।

 

प्रकाशित: २१ आश्विन २०७६ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App