coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्थानीय तहलाई पशुपन्छीको अनुगमन गर्न निर्देशन

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई दशैँलगायत चाडपर्वका अवसरमा पशुपन्छीको अनुगमन गर्न निर्देशन दिएको छ।    

मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौड्यालले चाडपर्वमा स्वस्थ, स्वच्छ तथा गुणस्तरीय पशु तथा पशुजन्य पदार्थको बिक्री वितरण गर्न सबै स्थानीय तहलाई बजार अनुगमन गर्न निर्देशन जानकारी दिए।   

मन्त्रालयले चाडपर्वका अवसरमा पशु तथा पशुजन्य पदार्थको खपत तथा पशुपन्छीको ओसारपसारमा वृद्धि हुने र उक्त समयमा पशुपन्छीको महामारीजन्य रोगको जोखिम बढ्ने भएकाले पशुपन्छी हाटबजार लगायतका क्षेत्रमा पशुपन्छीको रोगको सघन निगरानी गर्न र रोगको शङ्का लागेमा तत्काल नमूना सङ्कलन गरी प्रयोगशालामा पठाउन समेत निर्देशन दिएको हो। रासस

प्रकाशित: १५ आश्विन २०७६ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App