८ वैशाख २०८१ शनिबार
समाज

साढे १८ किलो चाँदीसहित एक जना पक्राउ

जनकपुर- धनुषाको सशस्त्र प्रहरीले साढे १८ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान करिब ९ बजे सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटेको छ जनाको स्क्वाइट टोलीले उक्त चाँदी सहित महोत्तरीको पिपरा गाउँपालिका –५, सहोर्वा निवासी ३० वर्षीय भरतकुमार साहलाई पक्राउ गरेको हो।
पाँच वटा डल्ला बनाइएको चाँदीलाई प्लाष्टिकमा बेरेर मोटरसाइकलको पेट्रोल राख्ने ट्याङ्कीमा राखेर भारततर्फ लगिरहेको बेला साहलाई सशस्त्र प्रहरीको टोलीले शंका लागेर चेकजाँच गर्दा पक्राउ गरेको हो। करिब १३ लाख ७९ हजार ८९६ रुपैयाँ बराबरको चाँदीसहित साहलाई आवश्यक कारवाहीको लागि शुक्रबारै भन्सार कार्यालयमा जिम्मा लगाइएको सशस्त्र सीमा सुरक्षा बल, धनुषाका प्रमुख एसपी राजेश उप्रेतिले जानकारी दिए।
डिआइजी राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनीको नेतृत्व सम्हालेदेखि धनुषा, महोत्तरीलगायत प्रदेश २ का आठवटै जिल्लामा भन्सार छली चोरी निकासी गर्ने कार्यक्रमा निगरानी बढाइएको छ। अर्याल आएदेखि करिब ५० किलोभन्दा बढी अवैध चाँदीमात्रै बरामद गरिएको छ। त्यस्तै, भन्सार छलेर नेपाल भित्र्याउने ठूलो मात्रामा कपडा तथा इलेक्ट्रोनिक्स सामान पनि बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित: १० आश्विन २०७६ ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App