१६ चैत्र २०८० शुक्रबार
समाज

मजदुरका छोराछोरीलाई उद्योगमै शिक्षा

विराटनगर - एकीकृत हातेमालो समाज नेपालको साझेदारीमा मोरङका इँटा उद्योगमा सञ्चालित प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र प्रभावकारी बनेको छ। इँटा उद्योगमा काम गर्ने मजदुरका छोराछोरीको पठनपाठनका लागि प्रेरित गर्न इ“टा उद्योगभित्रै सञ्चालित प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र प्रभावकारी बन्दै गएको हो।

ग्लोबल फेयरनेस इनिसियटिभको प्राविधिक र आर्थिक सहयोगमा सन् २०१६ देखि मोरङको रंगेली–३ र धनपालथान–६ मा अवस्थित आनन्द इँटाका दुई वटा उद्योगमा बेटर ब्रिक नेपाल परियोजना सञ्चालनमा छ। परियोजना सञ्चालन भएपछि इँटा उद्योगमा पूर्ण रूपमा बालश्रमको अन्त्य भएको परियोजनाको दाबी छ। परियोजनाले सञ्चालनमा ल्याएको केन्द्रमा १ सय ९२ जना बालबालिकाले सुरक्षित वातावरणमा सिक्ने, खेल्ने र खाजाको सुविधा पाएको परियोजनाकी फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारले जानकारी दिइन्। बाल विकास केन्द्रका बालबालिकालाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ। यस्तै ४ सय ७३ जना कामदार तथा नाइकेहरूलाई बेटर ब्रिक नेपाल परियोजनाको महŒव, बालश्रम निवारणसम्बन्धी तालिम दिइएको ताम्राकारको भनाइ छ। अन्य तालिम पनि सञ्चालन भइरहेको उनको भनाइ छ।

बालश्रम, बाध्यकारी श्रम नपरेको स्वच्छ र सफासहित मानवीय संवेदनाले भरिएको इँटा उत्पादनमा परियोजनाले काम गरिरहेको छ। घर, भवन, सडकका नाला, कार्यालय सबै संरचना निर्माणमा इँटाको प्रयोग गरिन्छ। ‘खुसी र सुखी श्रमिकले उत्पादन गरेको इँटा प्रयोग गर्नुपर्छ भन्ने मुख्य परियोजनाको थिम हो,’ ताम्राकारले भनिन्, ‘त्यसैले इँटा उद्योगमा श्रम सम्बन्धित चुनौतीहरूको सम्बोधन गर्न २०१३ बाट बेटर ब्रिक नेपाल परियोजना सुरु भएको हो। परियोजनाले सफा इँटा उत्पादनमा सहजीकरण र बजारको प्राथमिकता सिर्जना गर्ने काम गर्दछ। उद्योगहरूलाई प्राविधिक सहयोग र बजारमा पहुँच सिर्जना गरी लाभान्वित गरिन्छ। जसबाट सफा इँटाका उपभोक्ताहरूलाई सामाजिक तवरले उत्तरदायी र उच्च गुणस्तरयुक्त इँटा उत्पादनको प्रत्याभूत गरिन्छ। परियोजनाले ४० वटा इँटा उद्योगमा काम गरिरहेको छ। हातेमालोले भने मोरङ, भक्तपुर र काठमाडौंका ५ वटा उद्योगमा काम गरिरहेको समाजका अध्यक्ष डिल्लीराम गिरीले बताए।

कामदार, उद्योगी र नाइकेबीच त्रिपक्ष्ीाय श्रम सम्झौता गर्न सहयोग, इँटा उद्योगमा कार्यरत कामदारका ५ वर्षमुनिका बालबालिकाहरूलाई बाल विकास तथा शिक्षा केन्द्र स्थापना गरी सुरक्षित वातावरणको व्यवस्था गर्ने छ। ६ देखि १४ वर्षका बालबालिकालाई नजिकको विद्यालय भर्ना, इच्छाविपरीत तथा करकापपूर्ण काम र बालश्रम निवारण, उद्योग परिसरमा कामदारहरूको लागि आवश्यक आवास, स्वास्थ्य सरसफाइ तथा खानेपानी तथा सुरक्षाको सम्बन्धमा कामदारहरूलाई सचेत गर्नेलगायतका उद्देश्य परियोजनाले राखेको जनाएको छ।

प्रकाशित: १० आश्विन २०७६ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App