coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खाल्डो एक, प्रक्रिया दश, मर्मतलाई कम्तिमा १५ दिन

सुजीता प्रधान
हाम्रो सडकका खाल्डा कसरी पुरिन्छन् भन्ने कहिल्यै सोच्नु भएको छ ? महानगरपालिकाका कामदारहरू खाल्डा पुर्न र मर्मतका लागि सडकमा देखिन्छन् तर तपाईंले कहिल्यै कल्पना गर्नु भएको छ एउटा खाल्डा पुर्न करिब १० प्रक्रिया पूरा गर्नुपर्छ ? यी प्रक्रियालाई हाम्रो कर्मचारीतन्त्रका विभिन्न विभाग र व्यक्तिहरूले स्वीकृति दिनु पर्छ ।

यदी खाल्डो आठ मिटर भन्दा साँघुरो सडकमा छ भने त्यसको पुनर्निर्माण गर्ने जिम्मा महानगरको हुन्छ । आठ मिटरभन्दा फराकिलो सडकमा भएको खाल्डो पुर्ने जिम्मा सडक विभागको हुन्छ । काठमाडौं महानगरपालिकाका अनुसार सडक पुनर्निर्माणका हिसाबले काठमाडौं उपत्यकालाई पूर्व, पश्चिम, उत्तर, मध्य र भित्री गल्ली भनेर छुट्टयाइएको छ । महानगरका वडाहरुले खाल्डो पत्ता लगाउन र यसको पुनर्निर्माणका लागि निर्माण ठेकेदारसँग सहकार्य गर्नुपर्छ । कसैले सम्बन्धित निकायलाई सडकमा रहेका खाल्डोका बारेमा जानकारी गराउनु प¥यो भने स्थानीय वा वडा सदस्यलाई निवेदन दिनुपर्छ । महानगरको निर्माण विभागले पनि नियमित स्थलगत भ्रमणका क्रममा खाल्डोको अवलोकन गर्ने काम गर्छ ।

यसको अर्काे चरण स्थलगत रिपोर्टको प्रमाणीकरण गर्नुपर्छ । त्यो काम अर्काे प्रतिवेदन तयार पार्नका लागि इन्जिनियर वा सब–इन्जिनियरले गर्नुपर्छ । यसको योजना अनुमान गरेर बजेट अनुमान गरिन्छ । त्यसपछि मात्र पेटी ठेकेदारलाई कामको जिम्मा दिइन्छ । त्यतिमात्र होइन, यसका लागि एउटा प्रतिवेदन इन्जिनियरले अन्तिम अनुमतिका लागि मेयरलाई पनि बुझाउनुपर्छ । मेयरको अनुमति पछि मात्र ठेकेदारले आफ्नो काम सुरु गर्न सक्छन् । यो प्रक्रियामा ठेकेदार पहिले नै छनोट गरिने भएकाले काम जतिसक्दो छिटो काम अघि बढाउनुपर्ने हुन्छ ।

काठमाडौ महानगरपालिकाका प्रमुख इन्जिनियर उत्तरकुमार रेग्मी एउटा खाल्डो पुर्न करिब १५ दिन लाग्ने बताउँछन् । ‘हामीले प्रत्येक दिन खाल्डो पुर्ने काम गर्दैनौं, एकैपटक योजना बनाएर सडक मर्मत गर्छौं,’ उनले भने । खाल्डा पुर्ने जिम्मेवार निकायहरु सडक विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागसँगै महानगर आफैं पनि हो । सडक विभागका इन्जिनियर अशोकरत्न शाक्य सडकमा खाल्डा पर्ने मुख्य कारण काठमाडौं उपत्यका खानेपानी लिमिटेड र वर्षाका कारण सडकमा खाल्डो पर्ने बताउँछन् ।

प्रकाशित: ८ आश्विन २०७६ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App