coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महामारीकै रुप लिँदै‌ डेंगी, बिरामीले भरिए अस्पताल

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत बिरामीहरु । तस्बिरः विनोद/नागरिक

रुपन्देही– रुपन्देहीका सरकारी तथा नीजि अस्पतालहरुमा डेंगी रोगीहरुले भरिभराउ भएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा डेंगी संक्रमणले उपचारका लागि आउनेहरुले बेड भरिभराउ छ। बुटवल हस्पिटल प्रालि, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल मणिग्राम, लुम्बिनी नर्सिङ होम, भिम अस्पताल र मेडिकल कलेजमा भैरहवालगायतका अस्पतालमा डेंगी संक्रमितका बिरामीहरुले भरिएका छन्। 
लुम्बिनी प्रादेशिकमा उपचारमा आएका २ जनाको मृत्यू भएको छ । आईतबार मात्रै रुपन्देही सैनामैना ५२ बर्षिय शोभा बुढाथोकी परियारको डेंगु संक्रमणकै कारण ज्यान गएको छ । यसअघि भदौ २० गते कपिलबस्तु बाणगंगा मोतीपुरका ६१ बर्षिय सावित्रा आचार्यको मृत्यू भएको थियो । डेंगी संक्रमण निकै डरलाग्दो गरि बढ्दै गएपछि सर्वसाधरण त्रसित छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबारसम्म ४ सय ८४ जनामा डेंगीको संक्रमण भेटिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै १ सय ६० जनाले उपचार गराएका छन्। रुपन्देहीमा साउन २८ गतेदेखि डेंगीको संक्रमण देखिएको हो। त्यसयता दैनिक रुपमा २०/२५ जनामा यसको संक्रमण देखिएको छ। प्रत्येक अस्पतालहरुमा ३० देखि ४० जनासम्म डेंगीका बिरामीले उपचार गराइरहेका छन्। 

रुपन्देहीका अस्पतालमा छिमेकी जिल्लाबाट समेत बिरामी आएका छन्। तर सबैभन्दा बढि बुटवल उपमहानगरभित्रका बिरामीमा देखिएको छ। बुटवल उपमहानगरभित्रका मात्रै २ सय ५२ जनमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरी नागरिक न्यूजले जानकारी दिए। उनका अनुसार आफूहरुले समन्वय र प्राविधक रुपमा यसको महामारीलाई रोक्नका लागि स्थानीय सरकारलाई सघाउने काम भइरहेको छ।

तीन दिनसम्म ज्वरो आएमा, सेतो रक्तकोष ४ हजार भन्दा कम भएमा तथा प्लेटलेश एक लाख भन्दा कम भएमा मात्रै डेंगी किट प्रयोग गर्नुपर्ने उनको भनाई छ। तर, अहिले भने सर्वासधरणले ज्वरो आउनसाथ डेंगी लागेको शंका गर्ने र डेंगीको संक्रमण देखिएपनि किट प्रयोग गरिएको उनले बताए। बुटवल क्षेत्रमा डेंगीको संक्रमणले महामारीकै रुप लिएको छ। बुटवल उपमहानगरपालिकाले अभियान चलाएको भनिएपनि त्यो भने प्रभावकारी देखिएको छैन्।

स्वंयसेवि रक्तदाता समाज रगत जुटाउँदै 
बुटवलका अस्पतालहरुमा डेंगीका बिरामीहरु बढ्न थालेपछि रगतको अभाव हुन नदिन स्वंयसेवि रक्तदाता समाजले आपतकालिन रक्तदानका कार्यक्रमहरु गर्दै आएको छ। समाजले स्वत स्फूर्त रुपमा आफ्ना सदस्य तथा विभिन्न संघसंस्थालाई आह्वान गरेर डेंगी विरामीका लागि आवश्यक पर्ने रगतको अभाव पूर्ति गर्दै आएको छ। 

रक्त सञ्चार केन्द्र बुटवलसँग सहकार्य गरेर डेंगी बिरामीका लागि आवश्यक पिआरपि रगत उपलब्ध गराइएको स्वयसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए। उनी दिनभर जसो नै बिरामीका लागि प्लेटलेट बढाउनका लागि आवश्यक पर्ने ताजा रगत जुटाउनमै व्यस्त भइरहेका छन्। 

रक्तसञ्चार केन्द्र बुटवलका अनुसार अहिले दिनमा पिआरपि ६० देखि ७० पोका खपत भइरहेको छ। स्वत स्फूर्त रुपमा विभिन्न संघसंस्थाले रक्तदान गर्ने, रक्तदाताहरु समेत सहज रुपमा उपलब्ध भएकाले डेंगीको संक्रमण बढ्दा पनि रगतको अभाव हुन नपाएको अध्यक्ष चौहानले बताए। 

प्रकाशित: ५ आश्विन २०७६ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App