१५ चैत्र २०८० बिहीबार
समाज

वडा कार्यालयमा आगजनी

बुझाङ- केदार स्यूँ गाउँपालिका–७ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। शनिबार राति वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको केदार स्यूँ गाउँपालिकाका उपाध्यक्ष निसा धामीले बताए।

उनले आगजनीबाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नष्ट भएको बताए। वडा कार्यालयमा आगजनी कसले गरेको र किन गरेको हो भन्नेबारे अहिलेसम्म नखुलेको र घटनास्थलसम्म पुग्न रायल प्रहरी चौकीबाट टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश बमले जानकारी दिए। प्रहरी प्रमुख बमका अनुसार वडा कार्यालय जान करीब ४ देखि ५ घण्टाको पैदल दूरीमा रहेकाले प्रहरी पुगेपछि मात्र यथार्थ विवरण आउनेछ। रासस

प्रकाशित: ५ आश्विन २०७६ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App