७ वैशाख २०८१ शुक्रबार
समाज

भारतीय सुरक्षाकर्मीले नेपाली अधिकारीसँग मागे सहयोग

बर्दिया– नेपाल–भारतका खुला सीमा नैे मुख्य चुनौती भएको दुबै देशका सुरक्षा प्रमुखले भएको औल्याएका छन्। अवैध खुला सीमानामा वेरोकटोक भइरहने आवागमनले सुरक्षा चुनौती रहेको दुबै देशका सुरक्षा प्रमुखले निष्कर्ष निकालेका हुन्।

एकातिर सीमा आसपासका सर्वसाधारणले खुला सीमालाई जीवनयापन सहज भएको छ भने खुला सीमा आपराधिक क्रियाकलापमा प्रश्रय मिलिरहेको सुरक्षाकर्मीको भनाई छ।

शनिवार भारतीय पक्षको आयोजनामा सीमा क्षेत्रका जिल्ला (बाँके, बर्दिया र दाङ) र भारतको  सरावस्ती, बहराइच, र बलारामपुरका सुरक्षाकर्मी प्रमुखको सुरक्षा बैठक सम्पन्न भएको छ। 

बहराइच जिल्ला नानापारास्थित ५९ एसएसबीको बाहिनीको सभाकक्षमा भएको बैठकमा दुबै देशका सुरक्षाकर्मीले अवैध खुला सीमा सुरक्षा चुनौतीको रुपमा रहेको औल्याए।

सुरक्षाको दृष्टिले संवेदनशील मानिएका सीमावर्ती बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख र भारतको बहराइच, बलरामपुर र सरावस्ती जिल्लाका प्रहरी प्रमुख र डिएम सहभागी कार्यक्रममा खुला सिमानाका कारणले अपराधिक समूहले हत्या, अपहरण, विस्फोट, मानव बेचबिखन, साना हतियार, जाली नोट, लागूऔषध ओसारपसार जस्ता घटना बढाएकोमा सुरक्षा प्रमुखले चिन्ता व्यक्त गरे।

सीमा सुरक्षा बैठकमा अबैध खुला सीमा चुनौतीको रुपमा रहेको दुबै देशका सुरक्षा अधिकारीको प्राथामिकता साथ उठ्ने विषय बनेको छ।

दुवै देशका सुरक्षा अधिकारीले यस्ता गतिविधि नियन्त्रण गर्न पछिल्लो समय समन्वय गरिएको दाबी गरेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट नेपालीले दैनिक उपभोग्य बस्तु ल्याउने क्रममा कुटपिट र बेइज्जती सहनुपर्ने घटना भारतीय पक्ष संबेदनशील भएको भारतीय पक्षले दाबी गरेका छन्। नेपाल पक्षका सुरक्षा अधिकारीले सीमामा नेपाली पक्षको न्यून संख्यामा सुरक्षाकर्मी उपस्थिति रहेकाले सीमामा ठूलो संख्यामा परिचालित एसएसबी गम्भीर हुन नसक्दा काठ तस्करी नियन्त्रणमा कठिनाई भएको दाबी गरे।

दुबै देशका सुरक्षा निकायबीचको सम्बन्ध क्रमिक सुधार भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए। ‘भारतीय सुरक्षा अधिकारीले नेपालीलाई दुःख नदिने सार्वजनिक प्रतिबद्धतासँगै अपराध न्यूनीकरणमा सघाउन थालेका छन्’, उनले भने। दुबै देशका सुरक्षा प्रमुखले अपराध हुनमा अबैध खुला सिमाना नै चुनौती भएको उनले खुलाए।

अपराध घटाउन दुवै देशका सुरक्षा अधिकारीबीच नियमित सुरक्षा बैठकमा ओहोरदोहोर गर्ने निश्चित ट्रान्जिट प्वाइन्ट बनाएर वारिपारि गर्नेको अभिलेख तयार गरी सुरक्षा निगरानी बढाउनुपर्ने दुबै देशका सुरक्षाकर्मी प्रमुखले जोड दिएका थिए। नेपाल भारतका सीमावर्ती अपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुबै देशका सुरक्षाकर्मी सहकार्य गर्ने भएका छन्। 

भारतीय पक्षको बिधान सभा निर्वाचनको पूर्व सन्ध्यामा २४ घन्टा नेपाल र भारतीय पक्षले सीमा सिल गर्न सहमति भएको छ। हिन्दुहरुको महानचाड (दसैंतिहार र छठ) पर्वको सुरुवातसँगै प्रहरीले अवैध गतिविधि हुने भन्दै उच्च सर्तकर्ता अपनाउन दुबै देशका सुरक्षाकर्मी तयार भएका छन्।

सुरक्षा बैठकले हतियार, विस्फोटक पदार्थ र लागूऔषध निगरानी तथा नियन्त्रणमा सहयोग पुगेको सुरक्षाकर्मीको निष्र्कष निकालेको छ। सीमामा मानव वेचविखन र लागूऔषधको कारोबारी बढ्दै गएपछि दुवै देशका  सुरक्षा अधिकारीले त्यस्ता गतिविधि पहिचान गरी नियन्त्रण गर्न सहमति जनाएका छन्। भारतीय अधिकारीले जाली नोट र सीमामा आतंक फैलाउने कार्यप्रति नेपाली अधिकारीको ध्यानाकर्षण गराएका थिए। नेपालका सुरक्षाकर्मीले मानव वेचविखन, लागु औषध, विस्फोटक  पदार्थ नियन्त्रणमा भारतीपक्ष संबेदनशील हुनुपर्ने जोड दिएका थिए। 

यस्तै, नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारीको बैठकले सीमामा भारतीय सुरक्षाकर्मीबाट हुने दुर्व्यवहार, मानव तस्करी, लागूऔषध ओसारपसार लगायत गतिविधि र जाली नोटको कारोबार रोक्न सहमति भएको छ। भारतीय अधिकारीले तस्करका कारण भारतीय वन मासिँदै गएकाले यसलाई नियन्त्रण गर्न नेपाली सुरक्षा अधिकारीको सहयोग मागेका  थिए।

प्रकाशित: ५ आश्विन २०७६ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App