१५ चैत्र २०८० बिहीबार
समाज

वर्षाको प्रभाव असोजको दोस्रो सातासम्म्म

काठमाडौं – यस वर्षको वर्षा असोजको दोस्रो सातासम्म पुग्ने मौसमविद्हरुले अनुमान गरेका छन्। त्यतिन्जेल देशभर मौसम समान्यतया बदली, आशिंक बदली, मेघ गर्जन तथा हल्कादेखि मध्यम वर्षा हुने उनीहरूको अनुमान छ। मौममविद् मञ्जु भासीले यस वर्षको मनसुन असोजको दोस्रो हप्तासम्म पुग्नसक्ने बताइन्।

उनले भनिन्, ‘विगतका वर्षहरूको अध्ययन गर्दा यस वर्षको मनसुन औसत मनसुन सकिने समयभन्दा केही पर सर्ने सम्भावना छ।’ सेप्टेम्बर २३ मा वर्षायाम सिद्धिने औसत समय भए पनि विगतका केही वर्षदेखि यो समय लम्बिदै गएको उनले बताइन्। ‘त्यसैले पनि यस वर्ष पनि वर्षायाम सकिने दिन अरू केही लम्बिने देखिन्छ,’ भासीले नागरिकसँग भनिन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिण सरेको छ।

महाशाखाका अनुसार आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। आइतबार देशका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाको छ।

महाशाखाका अनुसार आइतबार राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ५ आश्विन २०७६ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App