coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सर्लाही - सदरमुकाम मलंगवामा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन्।

भारतीय बिआर ३०यू ४११२ नम्बरको मोटरसाइकल पल्टिँदा सोही मोटरसाइकलको पछाडि सवार मलंगवा नगरपालिका–३ निवासी २४ वर्षीय अजय राउतको घटनास्थलमा मृत्यु भएको हो। मोटरसाइकल चालक मलंगवा नगरपालिका–२ निवासी २६ वर्षीय राकेश पंडित सामान्य घाइते भएको र उनको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।

झण्डाबजारबाट गोरखकालीतर्फ आउँदै गर्दा तिब्र गतीमा रहेको मोटरसाईकल आफै अनियन्त्रित भई दिउँसो पौने ४ बजे नालामा खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०७६ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App