coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निजी जग्गामा गाउँघर क्लिनिक

निजी जग्गामा बनाइएको गाउँघर क्लिनिकको भवन। तस्बिर/नागरिक

बर्दिया — सरकारी लगानीमा बनेको गाउँ घर क्लिनिक(खोप केन्द्र)को भवन निजी जग्गामा निर्माण भएको तथ्य सार्वजनिक भएको छ। गेरुवा गाउँपालिका–४ का वडा अध्यक्ष बल बहादुर चलाउँनेको मिलिमतोमा सीतामैया शाहीको निजी जग्गामा सरकारी पक्की भवन(गाउँघर क्लिनिक) निर्माण भएको तथ्य सार्वजनिक भएको हो।

कागजी प्रक्रिया मिलाएर चलाउँनेले निजी जग्गामा बनेको भवनका लागि अन्तिम भुक्तानी पनि दिइसकेको रेकर्डमा देखिन्छ। अध्यक्षले भुक्तानीका लागि सिफारिस गरेको पत्रमा भवनको सार्वजनिक सुनुवाई समेत भएको उल्लेख गर्दै गेरुवा गाउँपालिकाको कार्यालयलाई भुक्तानीका लागि सिफारिस गरेको छ। ०७५/०८/२२ गते पठाएको पत्रमा भवन निर्माण सम्पन्न भएको वडा कार्यालयले गाउँपालिका कार्यालयलाई सिफारिसमा उल्लेख छ।त्यसैको आधारमा गाउँपालिकाको कार्यालयले निर्माण उपभोक्ता समितिलाई ५ लाख ४२ हजार ७ सय ४२ रुपैयाँ भुक्तानी गरेको देखिन्छ।

गेरुवा गाउँपालिका –४खोनपुरमा निर्माण भइसकेको उक्त भवन अध्यक्ष चलाउँनेले राजनीतिक आस्थाको आधारमा निजी रुपमा प्रयोग गर्न निर्माण गरेको स्थानीयको आरोप छ।स्रोतका अनुसार चलाउँने र शाही नेकपाका जिल्ला कमिटि सदस्य हुन्। निजी जग्गामा सरकारी भवन निर्माण गर्ने काममा जग्गा धनी  र वडा अध्यक्ष चलाउँने दुबै दोषि देखिन्छन्। राजनीतिक आस्थामा आधारमा सरकारी लगानी निर्माण भएको भवन निजी जग्गामा बनाइएको स्रोतको दाबी छ।

सरकारी लगानी बनेको गाउँघर क्लिनिक भवन  निजी जग्ग्गा निर्माण भएको पाइएको हो। गेरुवा गाउँपालिका –४खानेपुर गाउँमा  निजी जग्गामा बनेको गाउँघर क्लिनिक भवन यतिखेर कामबिहिन बनेको छ।महिला र बालबालिका चेकजाँच र खोप लगाउँनका लागी गाउँघर क्लिनक भवन निर्माण गर्ने सरकारी लक्ष्य हो।

 कागजमा गाउँघर क्लिनक निर्माण भएको देखिएपनि अध्यक्षले  कागजी प्रक्रिया मिलाएर कर्मचारीलाई झुक्काएर सरकारी ढुकुटी गलत प्रयोग गरिएको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए। ऐलानी जग्गामा समेत सरकारी ढुकटी खर्च गर्न पाईदैन। उनले भने, ‘कर्मचारीलाई भुक्काएर सरकारी ढुकुटी निजी जग्गामा खर्चिनु भनेको ठूलो भष्टाचार हो।’

मिलिमतोमा निर्माण गरिएको भवनमा जग्गाधनीले कुखुराको खोरका रुपमा प्रयोग भइरहेको स्थानीयको आरोप लगाए। निजी जग्गामा गाउँघर क्लिनिक वा खोप केन्द्र निर्माण भएका अध्यक्ष चलाउँनेले स्वीकारे।

निजी जग्गा भवन बनेको हो, वडालाई लिखित सहमतिपछि मात्र त्यस ठाउँमा भवन निर्माण गर्न दिएका थियौं,’उनले भने,‘कार्यव्यस्तता जस्ता कारणले जग्गा पास भएको छैन,जतिखेर पनि वडा कार्यालयले जग्गा धनी जग्गा पास गरिदिन्छ।’उनका अनुसार उक्त जग्गा पास नभएका कारण अन्य भवन निर्माण गर्ने योजना स्थगित गरिएको छ।

उता,पाँच सय मिटरको दुरीमा  स्वास्थ्य चौकी,गोला भएकाले उक्त भवनको औचित्य नरहेको स्थानीय  तर्क गर्छन्। निजी प्रयोजनका लागि उक्त  भवन बनेको भन्दै स्थानीय आक्रोषित भएका छन्। गेरुवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत धर्मराज न्यौपानेले भवन निर्माण प्रक्रियामा सम्बन्धमा  अनभिज्ञता प्रकट गरे। ‘म भर्खर आएको हुँ’उनले भने,‘फाइल अध्यनपछि मात्र केहि कुरा भन्न मिल्छ।’यदि गल्ती भेटिएमा कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढ्ने उनले बताए।

प्रकाशित: ४ आश्विन २०७६ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App