७ वैशाख २०८१ शुक्रबार
समाज

फेसन बन्दै फायर हेयर कट

ज्योति श्रेष्ठ
नेपाली बजारमा अहिले फायर हेयर कट ट्रेन्डिङमा छ । यो हेयर कट नेपालमा फेसन बनेको धेरै समय भएको छैन । हेर्दा आकर्षक देखिने भएकाले यो हेयर कट अहिले पुरुषको रोजाइमा परेको हो । ललितपुर, कुमारीपाटीका दिनेश ठाकुरले पनि यो फायर हेयर कट गरेका छन् । ‘युट्युबमा ट्रेन्डिङ हेयर कट सर्च गर्दा फायर हेयर कटबारे थाहा पाएँ,’ उनले सुनाए, ‘नेपालमा पनि यस्तो हेयर कट काटिने थाहा पाएपछि आफ्नो रहर पूरा गरेँ ।’  

आजभोलि पुरुषले आफूलाई स्टाइलिस देखाउन सामाजिक सञ्जाललाई फलो गर्छन् । उनी पनि त्यसमध्येका एक हुन् । युट्युब र सामाजिक सञ्जालमा हेरेर हेयर स्टाइल गर्छु,’ उनी भन्छन् । उनी १०–१५ दिनमा उनी हेयर स्टाइल चेन्ज गर्ने गरेको बताए । उनी यो हेयर कट जोकोहीले नगर्ने गरेको सुनाउँछन् । ‘जसले बुझेको छ, त्यसले मात्रै गर्छ,’ उनी भन्छन् ।

काठमाडौंको बसन्तपुरस्थित जैशीदेवलमा जन्मिएका रोहित रञ्जितकारको बाल्यकाल सम्पदाको छहारीमै बित्यो। सम्पदाको छत्रछायाँमा हुर्कदै गर्दा उनलाई पुरातत्वप्रतिको सामिप्यता बढ्दै गयो। करिब ५० वर्षअघि उनका बुवा (पुरातत्व इन्जिनियर–हरिरत्न रन्जितकार) पुरातत्व विभागमा काम गर्दथे। उनी पनि बुवाकैे पछिपछि हिड्थे। दिनभरी बुवाले गरेको काम नियालिरहेका हुन्थे। बाबुसँगै हिडेर कामलाई प्रत्यक्ष देखिरँहदा रन्जितकारलाई सम्पदाले तान्यो। विस्तारै उनी सम्पदा र संरक्षणमा रूची देखाउन थाले। 

कुमारीपाटीका सम्भु मगरले पनि फायर हेयर कट गरेका छन् । ‘नेपालमा चलेको केही दिनमै यो हेयर कट गरेको हुँ,’ उनले सुनाए । आफूलाई स्टाइलिस देखाउन फायर हेयर कट गरेको उनले बताए । ‘यो हेयर कट गर्दा ह्याण्डसम र स्मार्ट भएको महसुस हुँदो रहेछ,’ उनले भने । उनले डरलाग्दो देखिने हेयर कटमा इन्ट्रेस्टिङ हुने बताए ।

नयाँ टे«ण्डको हेयर कट र स्टाइल मनपर्ने गरेको उनी सुनाउँछन् । फेसनका गतिविधि र सौन्दर्य प्रतियोगिताले पनि युवामा फेसनप्रतिको आकर्षण बढेको पाइन्छ । त्यसो त अहिले युट्युब र सामाजिक सञ्जालमा चलेको ट्रेन्डलाई फलो गर्ने प्रवृत्ति पनि छ । फायर हेयर कट नेपालमा नेपालमा एक वर्षअघि भित्रिएको हो ।

काठमाडौँको सिभिल महलस्थित सुपर कट्स एण्ड ब्युटी सलुनका सञ्चालक बिकेशकुमार ठाकुर आफूले नै फायर हेयर कट भित्र्याएको दाबी गर्छन् । ‘पाकिस्तानमा यो हेयर कटले राम्रो बजार लिएको थियो । त्यसैले नेपालमा पनि बजार पाउँला भन्ने सोचले सुरु गरेँ,’ उनले सुनाए ।

यो हेयर कटिङबारे अधिकांशले राम्रोसँग नबुझेकाले त्यति आकर्षण नभएको उनको भनाइ छ । उनले भने, ‘कपालमा आगो बल्दा मानिस आतिन्छन् र डराउँछन् । आगोले कपाल बिग्रने चिन्ता गर्छन् । तर, वास्तवमा त्यस्तो केही हुँदैन, डराउनुपर्दैन । यसले कुनै साइड इफेक्ट गर्दैन । बरु यसले कपालको सेप दिन मद्दत गर्छ ।’

कपालमा आगो देखाउनका लागि प्रक्रिया भएको उनी बताउँछन् । उनका अनुसार कपाल काटिसकेपछि त्यसको सेप मिलाउनको लागि कपालमा स्प्रे लगाइन्छ, जुन ठाउँको सेप मिलाउने हो, त्यहाँ मात्र स्प्रे लगाइन्छ । अनि त्यसमा आगो लगाउँदै कैँचीले मिलाएपछि कपालको सेप बन्छ ।

युट्युबमा हेयर कटको प्रक्रिया हेरेर कपाल काट्न सुरु गरेको उनले बताए । ‘यो हेयर कट सुरु गरेको केही दिनमा नै यसले राम्रो बजार लियो,’ उनले थपे, ‘अहिले त यो केटाहरूको ट्रेण्ड नै बनेको छ ।’ पछिल्लो समय दैनिक ३÷४ जना यो हेयर कट गर्न आउने गरेको उनी बताउँछन् । पछिल्लो समय केहीले यो हेयर कटबारे सामाजिक सञ्जालमा बुझ्ने गरेको उनी सुनाउँछन् । यो हेयर कटको मूल्य चारदेखि पाँच सय रूपैयाँ रहेको उनले बताए ।
 

प्रकाशित: ४ आश्विन २०७६ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App