७ वैशाख २०८१ शुक्रबार
समाज

सवारी दुर्घटनामा युवकको मुत्यु

तनहुँ - पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिका–३ बजार क्षेत्रमा सवारी दुर्घटनामा युवकको मृत्यु भएको छ। पोखराबाट मुग्लिनतर्फ जाँदै गरेको लु१ख ८००२ नम्बरको बसले सोही दिशाबाट आउदै गरेको बा९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा गोर्खा शहिदलखन गाउँपालिका–२ घर भई आँबुखैरनी–३ प्रगती मार्ग बस्ने २८ बर्षिय यम वहादुर थापा रहको इलाका प्रहरी कार्यालय आँबुखैरनीले जनाएको छ। 

दुर्घटनाबाट गम्भिर घाइते थापाको आँबुखैरनीकै स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारको लागि लैजादा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरनीका प्रमुख प्रहरी निरीक्षक महेशराज पाठकले बताए। 
 

प्रकाशित: ४ आश्विन २०७६ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App