१६ चैत्र २०८० शुक्रबार
समाज

लुक्लामा रोकिएका पर्यटक उडे

सोलुखुम् – मौसम प्रतिकूल भएपछि खुम्बुमा पाँच दिनदेखि रोकिएका करिब तीन सय पर्यटक मौसम खुलेसँगै बिहीबार हवाईजहाज र हेलिकोप्टरबाट काठमाडौंका गएका छन्।

नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीका अनुसार बिहीबार तेन्जिङ हिलारी विमानस्थलबाट तारा, समिट र सिता एयरले २१ उडान भरेका थिए। ३० वटा उडान तालिका रहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललको व्यस्तताले अन्य उडान नभएको अधिकारीको भनाइ छ। शुक्रबार पनि मौसम खुलेकाले उडान भएको छ।

लुक्लामा अलपत्र परेका पर्यटक काठमाडौं गएसँगै पिक सिजनमा हिमाल आरोहण तथा दृश्यावलोकनका लागि करिब तीन सयको हाराहारीमा पर्यटक खुम्बु प्रवेश गरेका छन्। यो सिजनमा आरोहणभन्दा पनि दृश्यावलोकनका लागि पर्यटक आउँछन्।

 

प्रकाशित: ४ आश्विन २०७६ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App