७ वैशाख २०८१ शुक्रबार
समाज

पशु उपचार शिविर आयोजित

रौतहट– पशुको स्वास्थ्यसँग कृषकको समृद्धि जोडिएको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताएका छन्। रौतहटको गढीमाई नगरपालिकामा काठमाडौंको हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास्टको आयोजना एक दिवसीय पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरको उदघाटन गर्दै मेयर यादवले खेतीसँगै पशुपालन पनि कृषकको अभिन्न अंग भएकोले शिविरले सर्वसाधारण कृषक लाभान्वित हुने बताएका छन्।

शिविरका प्रमुख पशुरोग विशेषज्ञ डा.उमेशप्रसाद मण्डलले पशुको स्वास्थ्यप्रति कृषकहरु गम्भीर बन्दै गएको वर्तमान अवस्थामा देशलाई पशुसँग सम्बन्धित विभिन्न कुराहरुमा आत्मनिर्भर बनाउन र किसानको समृद्धि ल्याउन पशुको स्वास्थ्यप्रति सर्वसाधारण अझ बढी सचेत हुनुपर्ने बताएका छन्। कृषकले लाभ लिन सकेमा शिविरहरु सफल हुने डा.मन्डलको दाबी थियो।

पशुले आफ्नो स्वास्थ्यको बारेमा केही बताउन नसक्ने हुनाले पशुरोग चिकित्कहरु लक्षणको आधारमा पशु बनेर बुझ्दै रोगको उपचार गर्नु परेको पशु क्वारेन्टाइन कार्यालय औरैयाका प्रमुख डा. रामानन्द झाले बताएका छन्।

पशु स्वास्थ्यको बारेमा जति सचेत हुन सक्यो देशले उति धेरै फाइदा लिन सकिने विचार डा. झाको रहेको छ। दुई दिनसम्म चल्ने शिविरको अध्यक्षता वडाध्यक्ष रामविनय राय यादवले गरेका थिए।

प्रकाशित: ३ आश्विन २०७६ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App