coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नुवाकाेटमा सात जनाको कैद मिनाहा

नुवाकोट– संविधान दिवस २०७६ को अवसरमा जिल्ला कारागार नुवाकोटमा कैद जीवन बिताइरहेका ७ जनाको कैद माफि मिनाहा गरिएको छ। कारागारमा ५० प्रतिशत भुक्तान गरेका र असल चालचलन भएको भन्दै प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अभियोगमा कैद जीवन भोगिरहेका ७ जनालाई सजाय माफी दिएकी हुन्।

कैद माफी प्राप्त गर्नेहरुमा ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा कैद जीवन बिताइरहेका शिवपुरी ५ का बम्बे भनिने बमबहादुर तामाङ, मानबहादुर तामाङ, तुप्चेका गोविन्द  नेपाली रहेका छन्।

यस्तै डाका चोरी तथा ज्यान मार्ने उद्योगमा आरोपित ककनी–३ का डम्बरबहादुर भनिने कमरबहादुर तामाङ, सानोकान्छा भनिने मानबहादुर तामाङ, कर्तव्य ज्यान मुद्धामा जेल जीवन बिताइरहेका विदुर नगरपालिका–१२ का विष्णुबहादुर अधिकारी र सवारी ज्यान मुद्धामा जेल जीवन बिताइरहेका बेलकोटगढी नगरपालिका–९ का सन्तवीर लामाको कैद माफी मिनाहा भएको जिल्ला कारागार नुवाकोटका सूचना अधिकारी दुर्गा वाग्लेले जानकारी दिए।

वाग्लेको अनुसार जिल्ला कारागारमा  १ सय ४३ जना पुरुष र १४ जना महिला कैद जीवन बिताइरहेका छन्। जिल्ला कारागारमा ५० जना पुरुष कैदी र २० जना महिला कैदी अट्ने क्षमता रहेको छ।

प्रकाशित: ३ आश्विन २०७६ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App