coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालिका करणी आरोपमा पक्राउ

रुकुम– रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन्। स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन्।

निजले घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील अङ्ग समाती लछारपछार गरेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। 

पीडितपक्षले दिएको किटानी जाहेरीका आधारमा आफन्तको घरमा लुकेर रहेका पुनलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरि जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३ आश्विन २०७६ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App