१६ चैत्र २०८० शुक्रबार
समाज

रोल्पाली भन्छन्: 'संविधान आएको खासै अनुभूति गर्न पाइएन'

कोटगाउँमा गिट्टी कुट्दै बालबालिका। मिझिङमा दाउरा खोज्न निस्किएका बालक।

रोल्पा - देशभर विभिन्न कार्यक्रम गरी आज(शुक्रबार) संविधान दिवस मनाइँदैछ। यसैअनुरुप रोल्पामा पनि यसलाई औपचारिकता दिइएको छ। प्राय दिवसलाई सार्वजनिक बिदाकारुपमा मनाउने गरेका कारण पनि औपचारिकतामै सीमित हुने गरेको विगतका दृस्टान्त छन्।

तत्कालिन माओवादी विद्रोहको उदगमस्थल रोल्पाले गणतन्त्र स्थापना र संविधान निर्माणमा ठूलो योगदान छ। गणतन्त्र स्थापना गर्न धेरै रोल्पालीले रगत बगाएका हुन्। त्यसै बलिदानीको जगमा देशमा गणतन्त्र आएको र संविधान जारी भएको दाबी अधिकांश रोल्पाली नेताहरुको छ।

 देशभर संविधान दिवस मनाइँरहदा यहाँका जनतालाई भने हर्ष न बिस्मातजस्तै भएको छ। संविधान दिवस मुल समारोह समितिको संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा संविधान कार्यान्वयन गतिलो नभएको बताउँछन्। संविधान बनेपछि उत्साह बढ्नुको साटो घट्दै गएको छ। सरकारले जनताको विस्वास जित्न सकेको छैन।  जनताको मनमा निरासा पसेको छ।’

पूर्व माओवादी लडाकुका तत्कालिन डिभिजन कमाण्डर समेत रहेका बुढा भन्छन् जनताको मनमा पसेको चिसो हटाउन सरकारले नयाँ तरिकाले पहल थाल्नु पर्छ। ‘अहिले सरकार चलाउने दलले सर्वहारा नीति बोकेको छ।  तर काम चाहि पुजीवादी भयो। मौलिक हकसम्म पनि जनताले नपाएपछि असन्तुष्टी बढेको हो।’

रोल्पा नगरालिकाका प्रमुख पुर्ण कसी संघीयता कार्यान्वयनमा जानुनै संविधानको मर्म अनुसार देश अगाडि गएको प्रमाण भएको बताउछन। उनि जस्तै अधिकांस जनप्रतिनिधिहरु संविधानले नै देशलाई अगाडि लगिरहेको दाबी गर्छन। तर नागरिक अगुवा खेम बुढा भने संविधान कार्यान्वयनको अवस्था गतिलो नभएको बताउँछन्। ‘रोल्पालीहरु मौलिक हकका बारेमा समेत बेखबर छन्। जनतालाई संविधानका बारेमा जाकारीनै दिइएको छैन।

संविधानमा आधारभुत मौलिक हक भनेर शिक्षा, स्वास्थ्य जस्ता विषयलाई राखिएको भए पनि आजसम्म रोल्पालीले ति हक समेत उपभोग गर्न नपाएको भन्दै गुनासो समेत आउने गरेको छ। अधिवक्ता तथा नागरिक अगुवा जितबिक्रम मल्ल पनि कार्यान्वयन गतिलो नभएको बताउछन। ‘अबस्था नाजुक छ। माथिदेखि तलसम्म अस्तव्यस्त छ। उनले भने। 

'संविधान कस्तो आयो भन्नेबारे अनविज्ञ रोल्पालीलाई गाउँमा जनप्रतिनिधि आएको थाहा छ।' सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भनिए पनि आफूहरुले खासै अनुभूति गर्न नपाएको गुनासो गर्छन्।  साथै उनीहरुलाई जनप्रतिनिधि पनि राजाजस्ते बन्न थालेको चिन्ता छ।

प्रकाशित: ३ आश्विन २०७६ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App