coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अधिकार प्राप्तिका लागि एकताबद्ध हुँदै लेप्चा

इलाम- लोपोन्मुख तथा पिछाडा वर्गमा पर्ने लेप्चा जाति पछिल्ला समय साङ्गठित हुन थालेका छन्।    

अधिकारको पहुँचमा पुग्न र एकताबद्ध आवाज उठाउनका लागि लेप्चा साङ्गठित हुन थालेका हुन्। यहाँको रोङ ९लेप्चा० गाउँपालिका र सूर्योदय नगरपालिकामा लेप्चा जातिको बाहुल्यता रहेको छ। विभिन्न हिसाबले पछि परेका यी जातका व्यक्ति भने पछिल्लो समय साङ्गठित हुँदै ग्रामीण विकासमा लागेका हुन्। लेप्चाको बाहुल्य रहेको रोङ गाउँपालिकाको वडा नं १, २ र ४ मा वडास्तरीय लाप्चा उत्थानमञ्च गठन गरिएको छ।     
     
लेप्चाको रोङ गाउँपालिका–१ मा दिनेश लेप्चाको अध्यक्षतामा गठिन मञ्चमा उपाध्यक्षमा ललितबहादुर लाप्चा, सचिवमा मनिका लाप्चा, सहसचिवमा पदम लाप्चा र कोषाध्यक्षमा मनकुमारी लाप्चा चयन भएका हुन्।   
     
त्यस्तै वडा नं– २ मा बुद्ध लाप्चाको अध्यक्षतामा बनेको समितिको सचिवमा दीपेन लाप्चा तथा सदस्यमा सुकमित, मानबहादुर, शान्ता, हरि र बन्दना लाप्चा रहेका छन्। यसैगरी वडा नं.४ मा पनि सन्देश लाप्चाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा लक्ष्मी लाप्चा र सचिवमा बिमला लाप्चा रहेका छन्।     
     
सङ्ग्रहालय निर्माण हुने     
लेप्चा जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले यहाँको रोङ गाउँपालिकाले सङ्ग्रहालय निर्माण गर्ने भएको छ। लेप्चा जातिको लागि २० वर्षे राणनीतिक योजना निर्माण गर्दै गाउँपालिकाले पाँच वर्षभित्रमा सङ्ग्रहालय निर्माण गर्ने निर्णय गरेको हो।     
     
आधुनिकताका कारण संस्कृति, वेषभूषा लोपहुँदै गएकाले गाउँपालिकाले संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्ने भएको गाउँपालिका अध्यक्ष समशेर राईले जानकारी दिए। रोङ गाउँपालिकाका छ वटै वडामा २ सय ३४ घरधुरी लाप्चा परिवार बसोवास गर्दछन्। गाउँपालिकाको तथ्याङ्क अनुसार रोङ गाउँपालिकामा ५ सय ३७ पुरुष र ५ सय २३ जना महिला गरी एक हजार ६० जना लाप्चाको जनसङ्ख्या रहेको छ।     

नेपालमा रहेको लाप्चाको जनसङ्ख्याको २८ दशमलब ९० प्रतिशत लाप्चा यही गाउँपालिकामा बसोवास गर्ने गरेको तथ्याङ्क छ। रासस

प्रकाशित: २ आश्विन २०७६ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App