७ वैशाख २०८१ शुक्रबार
समाज

गृहमन्त्रीका भाई नरेश एक लाख धराैटीमा रिहा

काठमाडौं । संगठित गिरोहसँग मिलेर रकम उठाएको आरोमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाई नरेशकुमार थापालाई काठमाडौ जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ। काठमाडौं जिल्ला अदालतले उनीसहित ६ जनाको हकमा विहिबारदेखि बयान लिई थुनछेक बहस सकिएपछि आज उनलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले नरेशसँग एकलाख धरौटी मागेको छ। प्रतिवादी अन्य पाँच जनाका हकमा थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने आदेश भएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार अन्य पाँचजना प्रतिवादीहरु पवन खड्का, बीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र बिनोद लामालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश आएको हो।

गृहमन्त्री बादलका भाई नरेशकुमार थापा सहित नौ जनालाई थुनामा राख्ने कि छोडने भन्ने बिषयमा काठमाडौं जिल्ला अदालतले सोमबार अपरान्हदेखि बहस सुरु भएको थियो। जसमा एकजना फरार छन्। उनीहरुलाई प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरी अदालतमा बुझाएको थियो।

प्रकाशित: १ आश्विन २०७६ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App