७ वैशाख २०८१ शुक्रबार
समाज

संखुवासभा दुर्घटना अपडेटः बेपत्ता खोज्न गोताखोर आउने

संखुवासभा– अरुण नदीमा खसेको जीप नभेटिएपछि खोजीको लागि गोताखोर बोलाइने भएको छ। प्रहरी नायव उपरिक्षक मिमबहादुर लामाका अनुसार निरन्तर वर्षा भइरहेको र नदीको बहाव बढी भएकोले खोजी कार्यमा विकल्प नभएको बताए। 

‘चितवनबाट गोताखोर बोलाइएको छ’ उनले भने ‘मौसमका कारण गोताखोरलाई समेत दुर्घटनास्थल आउन समस्या भएको छ। भोली मौसम खुलेमा गोताखोर आएर पुन खोजी कार्य गरिने छ।’ अहिले पनि २५ जना सुरक्षाकर्मीका टोली र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको भएपनि पत्ता नलागेको लामाले बताए।

विरामी बोकेर धरान जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप गएराती करिब १० बजे अक्करको भीरदेखि अरुण नदीमा खसेको थियो। दुर्घटनामा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विक, खाँदबारी–९ का संगम श्रेष्ठ, उनकी श्रीमती सदीक्षा श्रेष्ठ, दुई महिने छोरा समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर बेपत्ता रहेका छन्।

प्रकाशित: १ आश्विन २०७६ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App