१६ आश्विन २०७७ शुक्रबार
समाज

दलित मुक्ति मोर्चाका अध्यक्ष पक्राउ

गोरखा– अपराधिक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दलित मुक्ति मोर्चा गोरखाका अध्यक्ष चिनकाजी विकलाई पक्राउ गरेको छ। सिरानचोक गाउँपालिका–३ बयापानीस्थित घरबाट नेकपा बिप्लप समुहका जिल्ला सदस्य समेत रहेका विकलाई मंगलवार पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।

उनलाई विभिन्न अपराधीक गतिविधीमा संलग्न रहेको आरोप प्रहरीले लगाएपनि कुन–कुन घटनामा संलग्न थिए भन्ने खुलाएको छैन्। पक्राउपछि राजद्रोह, विष्फोटक पदार्थ सम्बन्धी कसुर लगाइए मुद्धा दर्ता गरिएको छ।

प्रकाशित: १ आश्विन २०७६ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App