coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घटराज स्कुल वाइल्ड विज्डम क्विज विजेता

काठमाडौं – घटराज मेमोरियल स्कुल विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजित ‘वाइल्ड विज्डम क्विज’को विजेता बनेको छ। आगामी मंसिरमा नयाँ दिल्लीमा हुने वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय हाजिरीजवाफ प्रतियोगितामा यो विद्यालयले नेपालको प्रतिनिधित्व गर्नेछ। विद्यालयबाट विनम पोखरेल र कृति पोखरेल प्रतियोगितामा सहभागी हुनेछन्।

प्रतियोगितामा काठमाडौं, चितवन, बारा, पर्सा, नवलपरासी, रूपन्देही, मकवानपुर, नेपालगञ्ज, दाङ, बाँके, बर्दिया, कैलाली, र कञ्चनपुरका २ सय ५० विद्यालयका कक्षा ६ देखि ८ सम्मका ५ सय विद्यार्थी सहभागी थिए। सोमबार भएको अन्तिम प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुल दोस्रो भयो भने श्रीकुल विद्यालय तेस्रो स्थानमा रह्यो। अन्तिम चरणमा शिव मावि नवलपुर, त्रिभुवन मावि बाँके, सैनिक महाविद्यालय पोखराका विद्यार्थी सहभागी थिए। प्रतियोगितामा वन्यजन्तु, जलवायु परिवर्तन, पक्षीविज्ञानबाट प्रश्न सोधिएका थिए।

युवापुस्तलाई जैविक विविधता र प्राकृतिक स्रोत तथा यिनको दिगो उपयोगका लागि सचेत र जागरुक बनाउन विश्व वन्यजन्तु कोष नेपालले उक्त हाजिरी जवाफ आयोजना गरको हो। यस वर्षको तेस्रो डब्लुडब्लुक्युको नारा ‘आवर प्लानेट’ शृंखलाबाट ‘हाम्रो ग्रहको अन्वेषण’ तय गरिएको थियो।

हाजिरजवाफ कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले नेपालले संरक्षणको क्षेत्रमा उत्साहप्रद परिणाम निकालेको जनाउँदै वन्यजन्तुलाई पहिलो चुनाती नै मानवीय क्रियाकलाप भएको बताए। विश्व वन्यजन्तु कोषका वन्यजन्तुविद् डा. शान्तराज ज्ञवालीले कोषले आयोजना गरेको यो हाजिरीजवाफ प्रतियोगिता संरक्षणको सानो तर महŒवपूर्ण पाटो भएको बताए। विश्व वन्यजन्तु कोष नेपालकी कार्यक्रम अधिकृत सृष्टि केसीले विद्यार्थीमा जैविक विविधताको जानकारी दिन एकीकृत तथा नवीन ढंगमा कोषले कार्यक्रमहरु गर्दै आएको बताउँदै हाजिरीजवाफले विद्यार्थी र स्रोता दुवैमा जलवायु तथा संरक्षणसम्बन्धी रुचि बढाउने बताइन्।

प्रकाशित: १ आश्विन २०७६ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App