७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा बढ्दै डेंगी संक्रमित

रौतहट – रौतहटमा डेंगु संक्रमित बिरामीहरुको संख्या दिनदिनै बढ्न थालेको छ । जिल्लाको गुजरा, वृन्दावन, चन्द्रपुर, कटहरिया, माधवनारायण र बौधीमाई नगरपालिकामा डेंगुका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

जिल्लामा अहिलेसम्म १३ जना डेंगु पोजेटिभ बिरामी फेला परेको तथा हेटौंडामा अध्ययन गर्दै आएका कटहरिया नगरपालिकाका दुईजना विद्यार्थी पनि डेंगुबाट संक्रमित भई हेटौंडामै उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका निमित प्रमुख महेश साहले बताए । डा. साहका अनुसार रौतहटमा डेंगुबाट संक्रमितको संख्या १५ पुगेको छ ।

चन्द्रपुर नपाका वडा नम्बर १, ४, ५ र ९ मा आठ जना, कटहरिया नपाको ८ बलुवाटोल, माधवनारायण नपा, गुजरा, वृन्दावन, र बौधीमाई नपामा एक/एक गरी १३ जना डेंगुबाट संक्रमित हुनुका साथै र दुईजना विद्यार्थी हेटौडामा होस्टेलमा रहेर अध्ययन गर्दै आएको अवस्थामा डेंगुको चपेटामा परेका छन् ।

जिल्लामा डेंगुका बिरामीहरूको संख्यामा क्रमिक रूपमा बढ्दै गएपछि अहिले जिल्ला अस्पताल गौरमा रोग परीक्षण तथा उपचारको विशेष प्रबन्ध मिलाइएको उल्लेख गर्दै निमित प्रमुख डा. साहले डेंगु लामखुट्टेबाट सर्ने सरुवा रोग भएकाले सर्वसाधारण जनता सचेत भएर बस्न, घरवरिपरि पानी जम्न नदिन, पानी जमेको छ भने कीटनाशक औषधि हाल्न र डेंगुको लक्षण देखा पर्नेबित्तिकै नजिकको अस्पतालमा गएर चिकित्सकसित जँचाउन आग्रह गरेका छन् ।

प्रकाशित: १ आश्विन २०७६ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App