१५ चैत्र २०८० बिहीबार
समाज

रोकिरहेको बस एक्कासी गुडेपछि...

दुर्घटना ग्रस्त बस । धनबहादुर/नागरिक

जुम्ला- कालिकोट जिल्लाको तिला गुफा नगरपालिका एकनाग्म बजारदेखि जुम्लाको खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा जुम्ला सिँजा गाउँपालिका १ का वर्ष ३५ का नन्दबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी लालबहादुर धामीले जानकारी दिए।उनका अनुसार ना ३ ख ७६६४ नम्बरको बस रोकिराकेको अवस्थाबाट एक्कासी गुडेपछि दुर्घटना भएको हो।

बस नाग्म जुम्ला जोड्ने बेलिब्रिजमा पुगेर ठोक्किएको छ। बेलिब्रिज नजिकैको टहरामा ठोक्किएर बस नअडिएको भएर हिमा खोलामा पुग्ने प्रत्यक्षदर्शी बताउँछन्। घाइते पाँचै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ।

मृतकको शव उठाउनको लागि जुम्ला सदरमुकाम खलंगादेखि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। पुलमा बस अडिएपछि यातायात सेवा ठप्प भएको छ। बसलाई उठाउनको लागि डोजर ल्याउन थालिएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। गाडी साहु सुरज नेपालीले आफै बस चलाउँदै आएका थिए। उनी फरार रहेको प्रहरीले जनाएको छ। पुलमा तेस्रो लागेको बस हटाउन यात्रुले सरकारी संयन्त्रलाई आग्रह गरेका छन्। दुर्घटनास्थल जुम्ला खलंगादेखि झण्डै ३२ किलोमिटर  टाढापर्छ। 

प्रकाशित: ३१ भाद्र २०७६ १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App