१६ चैत्र २०८० शुक्रबार
समाज

नेपाल-भारत सुरक्षा बैठक सकियो

बैठकमा उपस्थित सुरक्षा अधिकारीहरु

भैरहवा– नेपाल–भारत सुरक्षा निकाय र प्रशासनबीच छलफल भएको छ। नेपाल भारतको पारष्परिक सम्बन्धलाई अझै बलियो बनाई तस्करीलाई नियन्त्रित बनाउन भारतको निचलौलमा दुवै देशका सुरक्षा निकाय र प्रशासन विच छलफल भएको हो।

‘हिन्दुहरुको महान चाड दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी दुबै देशका नागरिहरुलाई सहयोग होस भन्ने उद्देश्यले दुवै देशको समन्वयमा हेल्प डेस्क स्थापना, अबैध चोरी निकासीमा पहल कदमी भूमिका खेल्ने, सिमा सम्बन्धी अपराध, हातहतियार ओसार पसार रोकथामका लागि समन्वय, सहकार्य र सहयोग गर्नेलगायतका निर्णय भएको छ’ बैठकमा उपस्थित सशस्त्र प्रहरीका रुपन्देहीका प्रमुख एसपी बसन्त बोगटीले भने।

बैठकमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कण्डेल, सशस्त्र प्रहरीका रुपन्देहीका प्रमुख एसपी बसन्त बोगटी, जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डीएसपी बीरेन्द्रबहादुर शाही, प्रहरी निरिक्षक सुरज पाण्डे, रवि सकुरैला जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी लालमणी आचार्य, सशस्त्र प्रहरीका नवलपरासीका एसपी भरत खानियातथा प्रशासन अधिकारीहरुको उपस्थिति थियो भने भारतको तर्फबाट गोरखपुर जिल्लाका एडीजी दावा शेर्पा, डी एम अमरनाथ उपाध्याय, एसपी रोहित सिंह साजवान, एस डि एम सत्यम मिश्रा, डिएसपी राना विजय सिंह, राजु शाह उपस्थित थिए।

नेपालको तर्फबाट बोल्दै सासद कण्डेलले नेपाल र भारतको सम्बन्ध परापूर्व कालदेखि छ। अयोध्याको राम र जनकपुरको सिताको सम्बन्भधले नेपाल र भारतबीच सास्कृतिक सम्बन्ध पनि जोडिएको छ। यो सम्बन्धलाई निरन्तरता दिँदा दुवै देशको बलियो हुने र एकआपसको सम्बन्ध पनि सुमधुर हुने बताए। नेपाली वा भारतीय नागरिक जो सुकैलाई पनि गलत र नियम विपरीत भएको गतिविधिलाई एक आपसमा समाधान गरी देशको हितको विपरित भइरहेको अवक्ष्ांनिय गतिविधीलाई  नियन्त्रण गर्न, सिमाको मुख्य समस्या अहिले लागुऔषध रहेकोले र यसले धेरै युवाहरुको जीवनमा असर परेको हुदा यसलाई नियन्त्रणमा दुवै देशले सहकार्य गरी नियन्त्रण गर्ने लाग्नुपर्ने बताए।

गोरखपुर जिल्लाका एडीजी शेर्पाले नेपाल भारतको सिमा संवेदनशील भएकोले कहिले काही भएको सानातिना गतिविधीहरुलाई एक आपसमा छलफल गरी निर्मूल पार्नु पर्छ। दुवै देशमा भएको समस्या आदानप्रदान गरी यस्ता गतिविधीले ठूलो दुर्घटना ननिम्तोस भनेर दुवै देशको प्रमुखहरुबीच छलफल गरेका छौं। यसले हामीबीचको समन्वयकारी भूमिकाले गम्भीर परिस्थीतीमा पनि एक आपसको समझधारीबाट समस्या समाधान हुन्छ’ शेर्पाले भने।

उनले दुवै देशका नागरिकबीच नकरात्मक भ्रम सृजना नहुने गरी संचारमाध्यमहरुलाई पनि मिडियामार्फत सकारात्मक समाचार सम्प्रेसन गर्न आग्रह गरे। नेपाल भारत दुईपक्षिय बैठकबाट सिमा नाकाको सुरक्षा चुस्तदुरुस्त बनाइ एक आपसमा सुचना आदानप्रदानमा सहयोग गर्ने, नाकाबाट घुसपैठ हुन नदिन नाका सहित शंकास्पद व्यक्तिहरु उपर कडा निगरानी गर्ने, खुल्ला सिमानाका कारण सिमामा हुने मदिराको विक्री वितरण तथा तस्करी र भारतमा सहज रुपमा पाइने लागुऔषधलगायतका अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने विषयमा उच्चस्तरीय बैठक भएको हो।

प्रकाशित: ३१ भाद्र २०७६ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App