coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

व्यक्तिगत लगानीमा दुई पुल निर्माण

ओखलढुङ्गा- ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन्। पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरिएको हो।     
     
गाउँका ठाडो खोलामा वर्षाको समयमा आउने भेलका कारण स्थानीयलाई आवजजावतमा समस्या भएकाले पुल निर्माणमा सहयोग गरेको शेर्पाले बताए। विद्यार्थीलाई विद्यालय जान आउन समेत खोलामा आएको भेलले अवरोध गर्ने गरेकाले पुल बनाएर समस्या समाधान गरेको शेर्पाको भनाइ छ।

'गाउँमा सानासाना समस्या छन्। समाधानमा कसैको चासो देखिएन त्यसैले मैले आफौले आफ्नो गाउँको विकासका लागि सहयोग गरेको हुँ', शेर्पाले भने, 'खोलामा आउने बाढीमा परेर कसैले ज्यान गुमाउन नपरोस् र कष्टकर यात्रा गरेर जोखिम मोल्न नपरोस् भनेर पुल बनाईदिएँ। अठ्यारो थियो आसपासको बाटो त्यो पनि मर्मत गर्न खर्च पठाएँ स्थानीय साथीहरुले काम गरे।' शेर्पाले पुल निर्माण र बाटो मर्मतका लागि दुई लाख ५० हजार रुपैयाँभन्दा बढी रकम खर्च गरेका छन्।   
     
खोलामा पुल निर्माणपछि त्यसक्षेत्रमा यात्रा गर्नेलाई सहज भएको थामथोले आधारभूत विद्यालयका प्रअ राजेन्द्र सुनुवारले बताए। थामथोले आधारभूत विद्यालयका स्पोन्सर समेत रहेका शेर्पाको पहलमा खोलामा पुल बनेपछि थामथोले आवि, फूलमती माविसहितका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र गाउँपालिकाको केन्द्र आवतजावत गर्ने स्थानीयवासीलाई सजिलो भएको प्रअ सुनुवारको भनाइ छ।

समाजसेवी शेर्पाले विगतदेखि नै गाउँमा विभिन्न सामाजिक काम गर्दै आएका छन्। रासस

प्रकाशित: ३१ भाद्र २०७६ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App