१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लुक्लाबाट काठमाडौं उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण

हरि खतिवडा र दामोदर अधिकारीको फेसबुक वालवाट तस्बिर लिइएकाे

काठमाडाैँ - लुक्लाबाट काठमाडौ उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखाल र  सिन्धुली नेपालथोकमा ती  हेलिकप्टर  आकस्मिक अवतरण भएका हुन् ।


पाँचखाल–२ जोरपाटी र हर्सेमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् भने सिन्धुली नेपालथोकमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार मनाङ्ग एयर २ वटा, सिम्रिक र कैलाश एयरको १/१ वटा गरी ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका हुन्।

मनाङ्ग एयरको दुबै  हेलिकप्ट ५ं/५ विदेशी यात्रु,   कैलाश एयर २  विदेशी यात्रु र सिम्रिक एयरमा ५ यात्रु सवार रहेको थिए। त्यसै गरी चार जना चालक दलका सदस्यहरु रहेका थिए।

प्रहरीका अनुसार माैसम खराबीका कारण वटा हेलिकप्टर आकस्मिक अवतरण गरिएकाे थियाे।

प्रकाशित: ३१ भाद्र २०७६ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App