८ वैशाख २०८१ शनिबार
समाज

ढिस्कोमा पुरिएर बालकको मृत्यु

जलेश्वर- महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर आज एक बालकको मृत्यु भएको छ।     

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

सोही घटनामा स्थानीयवासी ३८ वर्षीय चन्द्र बल गम्भीर घाइते भएका छन्। उनको उपचार धनुषाको लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ। दुवै जना सोही वडामा रहेका खोलामा माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोले पुरिएको थियो।     

घटना घटेलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी टोलीले माटोको ढिस्कोमा पुरिएका बलको उद्धार गर्न सफल भए पनि बालक बम्जनको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी वडाध्यक्ष दीपबहादुर कार्कीले बताए। रासस

प्रकाशित: ३० भाद्र २०७६ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App