coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दिवसमा पुरस्कृत तथा सम्मान

ताप्लेजुङ – ताप्लेजुङमा शिक्षक, विद्यार्थी र निवृत÷निवृतउन्मुख शिक्षकलाई एकसाथ पुरस्कृत तथा सम्मान गरिएको छ। फुङ्लिङ नगरपालिकाले आइतबार पुरस्कृत तथा सम्मान गरेको हो।

फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम राष्ट्रिय वाल दिवसको अवसर पारेर गरिएको जानकारी दिए। गत वर्षको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका १÷१ जना छात्र तथा छात्रा, कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका १÷१ जना छात्र तथा छात्रा र नगरपालिका क्षेत्रमा उत्कृष्ट हुने सामुदायिक तथा संस्थागत विद्यालयका कार्यरत शिक्षक तथा सेवा निवृत÷निवृतउन्मुख शिक्षकलाई सम्मान तथा पुरस्कृत गरिएको हो।

नगरप्रमुख प्याकुरेलले अर्को वर्षबाट उत्कृष्ट विद्यालयको छनोट गरी एक सामुदायिक र एक संस्थागत विद्यालयलाई समेत पुरस्कृत गर्ने योजना सुनाए। प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिल्लाभरबाट उत्कृष्ट भन्दै सामुदायिकतर्फ सिरिजङ्घा गाउँपालिको सिनामस्थित सिनाम माविलाई नगद २ लाख र संस्थागततर्फ फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कुललाई नगद १ लाख रुपैयाँले पुरस्कृत गरेको जानकारी गराइएको थियो।

यहाँका सामुदायिक तथा संस्थागत विद्यालयले आ–आफ्नै विद्यालय परिसरमा कार्यक्रम गरेर बालदिवस मनाएका छन्। विभिन्न प्रतियोगितात्मक खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला, हिज्जेसहितका कार्यक्रम आयोजना गरेर विद्यार्थीले बालदिवस मनाएका हुन्।

प्रकाशित: ३० भाद्र २०७६ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App