१५ चैत्र २०८० बिहीबार
समाज

करेन्ट लागेर एकको मृत्यु

तुलसीपुर – दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो।

आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए।  दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको हो।(रासस)

प्रकाशित: ३० भाद्र २०७६ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App