६ वैशाख २०८१ बिहीबार
समाज

'राजनीतिक स्थिरताबिना देश विकास हुन नसक्ने'

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताएका छन्। नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

मुख्यमन्त्री राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा, सुशासन र राजनीतिक स्थायित्व हो भन्दै स्वच्छ र समुन्नत प्रदेश बनाउन प्रदेश सरकारले कृषि, पर्यटन, उद्योगलाई उच्च प्राथमिकतामा राखेको छ भने।

उनले शान्तिसुरक्षाको स्थिति बलियो भएमा मात्र देश निर्माण गर्न सरकारले लिएको सङ्कल्प पूरा हुने विचार व्यक्त गरे। शनिबारदेखि चलेको बैठकको समीक्षा गर्दा प्रदेश नं १ मा शान्तिसुरक्षाको स्थिति सन्तोषजक रहेको पाइएको बताउँदै मुख्यमन्त्री राईले शान्तिसुरक्षाको चुनौतीलाई सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सरकार समाजवादको लक्ष्य पूरा गर्ने दिशामा अघि बढिरहेको र यसैको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिनेमा जोड दिए। बैठकमा गृहमन्त्रीका सल्लाहकार इन्द्रजीत राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रदेश नंं १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, १४ वटै जिल्लाका प्रजिअ, प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरु सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २९ भाद्र २०७६ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App