६ वैशाख २०८१ बिहीबार
समाज

निःशुल्क आँखा शिविरबाट पाँच सय ७६ वृद्धवृद्धाले लिए सेवा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ।     

निःशुल्क आँखा शिविरबाट ५ सय ७६ ले सेवा लिएका छन्। गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५ सय ७६ वृद्धवृद्धाले सेवा लिएका हुन्। ती मध्ये ७० जनामा मोतियाविन्दुको समस्या देखापरेको छ भने छ जनामा आँखाभित्र मासु पलाएको समस्या देखापरेको लायन्स क्लब अफ अत्तरिया सिटीका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए।     

उनका अनुसार मोतियाविन्दु र मासु पलाएको समस्या देखापरेकाहरुको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको छ। अन्य आँखाका बिरामीलाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको अध्यक्ष अधिकारीले बताए।रासस     
 

प्रकाशित: २९ भाद्र २०७६ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App