१६ चैत्र २०८० शुक्रबार
समाज

डेंगी नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग

विराटनगर- लामुखुटेृको टोकाइबाट डेंगीको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ।     

तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५ सय मानिस डेंगीबाट प्रभावित भएपछि त्यहाँको सरकारले डेंगी नियन्त्रण गर्न थालेको अभियानले मूर्त रुप लिएकाले अहिले निकै जनघनत्व रहेको भारतको राजधानी दिल्लीमा दुई हजार ७ सय मात्र डेंगीबाट प्रभावित भएको र यसमा निकै सुधार भएको पाइएको छ।

हप्तामा एक दिन एकपटक १० मिनेट १० महीनासम्म प्रत्येक नागरिकले आ–आफ्ना घर र घर वरिपरि डेंगी बस्न सक्ने स्थानको पहिचान गरी सफा राख्ने र जमेको पानीलाई बगाउने तथा तेल खन्याउने जस्ता विधि अपनाएकाले नै यो रोग नियन्त्रणमा आएको देखिन्छ।     

अहिले नेपालको धेरै जिल्लामा डेंगीको सङ्क्रमण बढ्नाका साथै यसबाट मानिसको मृत्युसमेत हुन पुगेको छ। दिल्लीमा शुरुआत गरिएको अभियान नेपालमा शुरु भएमा यो रोगको खतराबाट मुक्त हुन सकिने विराटनगरस्थित कोशी अस्पतालका चिकित्सक सङ्ज्ञा ज्ञवाली बताउछिन्।     

सुनसरीको धरानबाट फैलिएको यो रोग अहिले नेपालको ५३ जिल्लामा फैलिएको छ। डेंगीको यो भयावह स्थितिलाई हेरेर यस विषयमा राष्ट्रिय सङ्कट घोषणा गर्नुपर्ने र सरकासले अहिले चालेको कदम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन्।रासस

प्रकाशित: २७ भाद्र २०७६ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App